एएफसी यू–१६ खेलाडीको घोषणा, को–को परे टोलीमा ?
काठमाडौं – सन् २०२० मा आयोजना हुने एएफसी यू–१६ च्याम्पियनसिपको छनोट प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोलीको घोषणा गरेको छ । नेपाली टोलीका प्रशिक्षक सुनिल श्रेष्ठले आइतबार २३ सदस्यीय खेलाडी टोलीको घोषणा गरेका हुन् ।
जोर्डनमा आयोजना हुने छनोट खेलमा नेपाल समूह ‘डी’ मा परेको छ । नेपालको समूहमा आयोजक जोर्डन, कुवेत, ताजकिस्तान र श्रीलंका रहेका छन् ।
नेपालले भदौ २८ गते जोर्डनसँग खेल्दै छनोट प्रतियागिताको सुरुवात गर्नेछ । नेपालले दोस्रो खेल भदौ ३० गते कुवेतसँग, तेस्रो खेल असोज ३ गते ताजकिस्तानसँग र अन्तिम खेल असोज ५ गते श्रीलंकासँग खेल्नेछ । समूहको शीर्ष टोली अघिल्लो चरणमा प्रवेश गर्नेछ ।
नेपाली टोली
गोलरक्षक : मनोज दहाल, जेनियस केसी र पथ्थुहाङ नेम्वाङ
रक्षक : अजय चौधरी, अभिषेक आईवा, जान लिम्बु, रोशन थापा, प्रज्ञान महर्जन, प्रमिश गुरुङ र आमीर हमिद
मिडफिल्डर : नितेश श्रेष्ठ, क्रिष्टल शाक्य, जन्मेजय धामी, विपिन तुम्सिङ मगर, महित गुरुङ, निराजन मल्ल, अनिल चौलागाई र निराजन खत्री
स्ट्राईकर : सशांक बोहरा, सुजन जिमी, कृष्ण अधिकारी यादव, कृष सापकोटा र दिपेश राई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला
-
डिएभी विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरङ्ग’ भव्य रूपमा सम्पन्न
-
मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
-
एकल, दलित र विपन्न महिलालाई आत्मनिर्भर बनाउन सवारी चालक तालिम
-
ब्राइटनविरुद्ध म्यानचेस्टर सिटीलाई ४–० को जित, उपाधि होड थप रोमाञ्चक