बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेपालको विजयी सुरुवात

आइतबार, २२ भदौ २०७६, २० : ५१
आइतबार, २२ भदौ २०७६

काठमाडौं – नेपालले नादेझ्दा कप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । किर्गिस्तानमा आइतबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले घरेलु टोली किर्गिस्तानलाई ८–२ गोलले हरायो ।

नेपालको सानदार जितमा सावित्रा भण्डारीले चार गोल गरिन् । अनिता बस्नेतले दुई तथा कप्तान नीरू थापा र दीपा राईले एक–एक गोल गरिन् । जितसँगै नेपालले फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

आइतबार नै भएको अर्को खेलमा उज्वेकिस्तानले ताजकिस्तानलाई १२–० गोलले हराएको छ । पहिलो खेलसँगै उज्वेकिस्तान तीन अंकसहित शीर्ष स्थानमा छ । नेपाल गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । चार टोली सम्मिलित प्रतियोगितामा नेपालले सोमबार उज्वेकिस्तान र मंगलबार ताजकिस्तानसँग खेल्नेछ । 

लिग कम नकआउटका आधारमा सञ्चालित प्रतियोगितामा शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल खेल बिहीबार हुनेछ । अन्तिम दुई टोलीबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ । नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीका लागि नादेझ्दा कपमा सहभागिता जनाएको हो ।

नेपाली टोली

गोलकिपर : एन्जिला सुब्बा र अन्जना रानामगर

रक्षक : हिराकुमारी भुजेल, गीता राना, पुनम जर्गामगर, कविता धिमाल र अस्मिता जैसी

मिडफिल्डर : मन्जलीकुमारी योन्जन, रेनुका नगरकोटी, अनिता बस्नेत, दिपा राई र शर्मिला थापा

स्ट्राईकर : सावित्रा भण्डारी, अनिता केसी, रेखा पौडेल, निरु थापा, बिमला चौधरी र इन्दिरा राई

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप