शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

स्कार्पियोसहित लाखौंको अवैध सामान बरामद

आइतबार, २२ भदौ २०७६, २० : ४४
आइतबार, २२ भदौ २०७६

रौतहट – जिल्ला प्रहरी बाराको छुटा छुटै नस्तीटोलीले नेपाली नम्बरको स्कार्पियोसहित लाखौं मुल्य बराबरको अवैध भारतीय सामान बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय निजगढको टोलीले पुर्वपश्चिम महेन्द्र राजमार्गमा चेकजाँचको क्रममा आईतवार लु २ ख३७ नम्बरको ट्कमा १५हजार किलो अवैध सुपारी बरमद गरेको छ ।


त्यसैगरी पर्सौनी स्थित प्रहरीले बा १९च ३९५४ नम्बरको स्कार्पियो चेकजाँच गर्दा भारतीय बजार रक्सौलबाट अवैध रुपमा भित्रयाएको २० थान स्टेपलाइजर बरामद गरेको छ । गाडी चालक रौतहट बृन्दाबन नगरपालिका ७ का अनिसकुमार साह र उनीसँगै रहेका गरुडा नरपालिका २ का रामप्रवेश मण्डल पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।

त्यसैगरी तस्करहरुले भारतीय नाकाबाट अबैधरुपमा भित्रयाइएको कपडा,कस्मेटिक,किराना,कपडा लगायत १० लाख मुल्य बराबरको अवैैध सामान गस्ती टोलीले बरामद गरेको बाराका प्रहरी प्रमुख एसपी विकास खनालले बताए ।

बरामद ट्क,स्कार्पियो,सुपारी र अबैध सामान गरी ४० लाख बढीको मुल्यांकन रहेको एसपी खनालले जनाएका छन । बरामद गाडी मानिस तथा सामानहरु आवशयक कार्यवाहीको लागी बिरगञ्ज भन्सार कार्यालय पठाइएको बारा प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप