बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कर्मचारी ट्रेड युनियन खारेज हुँदैन:  मन्त्री पण्डित

आइतबार, २२ भदौ २०७६, १८ : ५९
आइतबार, २२ भदौ २०७६

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी ट्रेड युनियन खारेज नहुने स्पष्ट पारेका छन् । मन्त्री खतिवडाले कार्यालय समयभित्र भने कर्मचारी ट्रेड युनियनहरुको सम्पूर्ण प्रतिविधिमाथि प्रतिबन्ध लगाउने घोषणा पनि गरे ।

निजामती सेवा दिवसको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निजामती कर्मचारीहरुलाई इमान्दारिताका साथ काम गर्न पनि सचेत गराए ।  

उनले देशप्रति समर्पित भएर काम गराउन सरकारले उत्कृष्ट कर्मचारीहरुलाई निजामती सेवा पुरस्कारको व्यवस्था गरेको उल्लेख गर्दै अख्तियारको फन्दामापर्ने जस्ता अनुशासनहिन काम नगर्न पनि कर्मचारीलाई कडा निर्देशन दिए ।

मन्त्री पण्डितले संविधान र कानुनअनुसार कर्मचारीहरुको समायोजन गरिएकाले उनीहरुले त्यसमा प्रतिबद्ध भएर काम गर्नुको विकल्प नरहेको पनि दोहोर्याए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप