बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सिभिल बैंकले ल्यायो पहिलो पटक एन्यूटी डिपोजिट निक्षेप योजना

आइतबार, २२ भदौ २०७६, १८ : ०९
आइतबार, २२ भदौ २०७६

काठमाडौं– सिभिल बैंक लिमिटेडले नेपालमै पहिलो पटक एन्यूटी डिपोजिट निक्षेप योजना ल्याएको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै बैंकले एन्यूटी(वार्षिक) बचत खाता कार्यक्रम सार्वजनिक गरेको हो । 
एन्यूटी बचत खाता, बचत र मुद्दती दुबैको समायोजन गरी बनाइएको नयाँ निक्षेप योजना रहेको बैंकले जनाएको छ । 

एन्यूटी डिपोजिट योजना अन्तरगत सेवाग्राहीले भविष्यमा आफुलाई चाहिने रकमको व्यवस्थापन गर्न सो खातामा मासिक एक हजार माथिको रकम जम्मा गर्न सक्ने बैंकले जनाएको छ । बचतकर्ताले निश्चित अवधि तोकी समान मासिक किस्ता बैंक खातामा जम्मा गर्दै जानुपर्नेछ । र ग्राहकले आफुले ईच्छयाईएको रकम सो अवधि पश्चात एकमुष्ठ प्राप्त गर्न सक्ने छन् । तर सिभिल एन्यूटी डिपोजिट अन्तर्गत खोलिएको खाताको व्याजदर भने खाताको अवधिभर स्थीर रहने बैंकले जनाएको छ । 

न्यूनतम मौज्दात एक हजार रुपैयाँबाट शुरु गर्न सकिने यस योजनामा व्यक्तिगत तथा संस्थागत दुबै थरीका निक्षेपकर्ताले सुविधा पाउने बैंकको भनाइ छ । यस योजना अन्तर्गत सेवाग्राहीले न्यूनतम १ वर्षदेखि अधिकतम ७ वर्षसम्मको अवधिमा आफ्नो मासिक आम्दानीबाट बचत गर्न सक्ने छन् । ग्राहकवर्गको इच्छाअनुसार एक व्यक्तिले एक भन्दा बढि पनि खाता खोल्न सक्ने सुविधा प्रदान गरिएको बैंकले जानकारी गराएको छ । 

यस योजनाअन्तर्गत आवश्यक परेको खण्डमा न्यूनतम ३ महिनापछि निक्षेप खाता बन्द गर्न वा मौज्दात रकमको ६० प्रतिशतसम्म रकम ऋण निकाल्न मिल्ने सुविधा प्रदान गरिएको पत्रकार सम्मेलनमार्फत बैंकले जानकारी दिएको छ ।  हालैबाट शुरु गरिएको यो योजना देशै भरिबाट बैंकका ९६ शाखाहरु सेवा सुरुवात गरिएको बैंकले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप