सेनाले प्रक्रिया पुर्याएर राखेका कुनै पनि माग पुरा हुन्छन्: रक्षामन्त्री पोखरेल
काठमाडौं– सैनिक एकल महिला तथा घाइते परिवार संघले दोहोरो सेवा सुविधा नदिने मन्त्रिपरिषद बैठकको निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । संघकी संस्थापक अध्यक्ष लिली थापाले पीडामा परेका सैनिक एकल महिला र घाईते परिवारको हित विपरित सो निर्णय मन्त्रिपरिषद बैठकबाट भएको उल्लेख गर्दै त्यसलाई खारेज गर्न सरकारसँग माग गर्नु गरेकी हुन् ।
आईतबारबाट काठमाडौंमा सुरु भएको संघको राष्ट्रिय कार्याशाला गोष्ठीमा बोल्दै उनले वीरगति प्राप्त गरेका सैनिकहरुको वीरगाथालाई समेटेर म्युजियम स्थापना गर्न नेपाली सेनाको पनि गम्भिर ध्यानाकर्षण गराइन् । नेपाली सेनाले द्धन्द्धकालमा भोगेका संघर्षहरुको गाथा पनि सो म्युजियममा राख्न सके नेपाल सरकार र नेपाली सेनाको पनि गौरवको विषय हुने संघको भनाई छ ।
संस्थापक अध्यक्ष थापाले नेपाली सेनाको ईज्जत, प्रतिष्ठामाथि आँच आउने गतिविधि संघबाट नहुने पनि पटकपटक दोहो¥याइन् । कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनाले प्रक्रिया पु¥याएर राखेका कुनै पनि माग पूरा गर्न सरकार तत्पर रहेको बताए । उनले सैनिक एकल महिला तथा घाईते परिवारलाई सेवा, सुविधा थप गर्ने काममा नेपाल सरकार लागि परेको पनि स्मरण गराए ।
उपप्रधानमन्त्री पोखरेलले नेपाली सेनामा आवद्ध रहेका पीडितहरुको समस्या समाधानका लागि आफूले आवश्यक परे मन्त्रिपरिषद बैठकबाट पनि निर्णय गराएर कार्यान्वयनमा लैजाने दृढता पनि व्यक्त गरे ।