चन्द्रमामा भेटियो विक्रम ल्याण्डर, अवस्था अज्ञात
भारतीय अन्तरिक्ष अनुसन्धान केन्द्र (इसरो) ले चन्द्रयान–२ ल्याण्डर विक्रम चन्द्रमाको सतहमा फेला पार्न सफल भएको छ ।
इसरोका अध्यक्ष डा. के सिवनले आइतबार चन्द्रमामा विक्रम ल्याण्डर अवतरण भएको स्थानमा पत्ता लागेको जानकारी दिएका हुन् ।
अर्बिटरले ल्याण्डरको केही तस्विर (थर्मल इमेज) खिचेको छ । यद्यपि, अर्बिटरद्वारा लिइएको ल्याण्डरको तस्विर इसरोसम्म आइपुगेको छैन ।
विक्रमसँग सम्पर्क कायम गर्न अझै पनि प्रयास जारी रहेको छ ।
सिवनले ल्याण्डर अवतरण भएको पत्ता लागेपनि त्यो कुन अवस्थामा रहेको छ भन्ने अझै यकिन नभएको बताएका छन् । उनले सम्भवतः हार्डल्यान्डिङ भएको तर ल्याण्डरमा क्षति पुगेको वा नपुगेको अझै स्पष्ट नभएको जिकिर गरे ।
इसरो ७ सेप्टेम्बरमा अन्तरिक्ष विज्ञानमा इतिहास रच्ने नजिक थियो । तर, चन्द्रयान–२ को ल्याण्डर विक्रमको ल्याण्डिङभन्दा मात्र ६९ पहिलो पृथ्वीसँग सम्पर्क टुटेको थियो ।
चन्द्रमाको दक्षिणी ध्रुवमा ल्याण्डर विक्रमको शनिबार बिहान भारतीय समयअनुसार १ बजेर ५३ मिनेटमा ल्यान्डिङ हुनुपर्ने थियो ।
यसपछि सिवनले भारतीय मिसन ९९ प्रतिशत सफल भएको र अन्तिम चरणमा ल्याण्डरसँग सम्पर्क टुटेको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेक्सिको विश्वकप २०२६ को नकआउट चरणमा पुग्ने पहिलो टोली
-
‘भागदौड’को टिजरमा वैदेशिक रोजगारी र सहकारी ठगीको कथा
-
सर्लाहीमा गाडी तोडफोड र प्रहरीमाथि ढुंगामुढा गर्ने तीन जना पक्राउ
-
पत्रकार महासङ्घ युकेमा थपिए सल्लाहकार, १५ औँ स्थापना दिवस भव्य रूपमा मनाइने
-
पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध
-
पोखरा महानगरको बजेट आज, गत वर्षभन्दा आकार घट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण