शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दशैँको अग्रिम टिकट बुकिङ भदौको अन्तिममा खुल्ने

आइतबार, २२ भदौ २०७६, १६ : ४८
आइतबार, २२ भदौ २०७६

यातायात व्यवस्था विभागले भदौको अन्तिममा दशैँको लागि अग्रिम टिकट बुकिङ खोल्ने भएको छ । विभागका महानिर्देशक गोगन बहादुर हमालले भदौमै टिकट बुकिङ खोल्ने गरी तयारी गरेको रातोपाटीलाई बताए ।

उनका अनुसार यसका लागि यहि २५ गते  व्यवसायीसँग छलफल भएर टुङ्गो लाग्नेछ । अग्रिम टिकट खुलाउन यातायात व्यवसायी र विभागबीच छलफल भइरहेको छ ।

यता व्यवसायीहरुले भाडा समायोजन पनि दशैँअघि नै गर्नुपर्ने माग राख्दै आएका छन् । भाडा समायोजन हुने÷नहुने विषयमा भने निष्कर्षमा पुग्न बाँकी रहेको हमालले बताए ।

यता नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला अग्रिम टिक बुकिङ अबको बैठकले टुङ्गो लगाउने बताए । यद्यपि, यातायात कम्पनीमा रुपान्तरण भएपनि स्पष्ट नियम नआएपछि गाडी थप्न सक्ने अवस्था नभएकोले यातायात व्यवस्थापनमा चुनौती रहेको उनले जिकिर गरे  ।

२०६९ सालदेखि भाडा समायोजन नभएकोले यसमा सरकार नै जिम्मेवार भएर समायोजन गर्नुपर्ने सिटौलाको तर्क छ । पुरानै भाडाका कारण यातायात व्यवसाय अत्यन्त मारमा परेको उनको भनाइ छ ।

दशैँको घटस्थापनादेखि राजधानीमा बस्नेहरु दशैँ मनाउँन आफ्ना घर जाने गर्छन् । दशैँका समयमा सबैभन्दा बढी मासिनले राजधानी छाड्ने भएकाले हरेक वर्ष अग्रिम टिकट बुकिङ हुँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप