मात्रिका यादव र प्रभु साहले भेटे एसिड पीडित खातुनलाई

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव र नेकपा प्रदेश नम्बर २ का अध्यक्ष एवम प्रतिनिधिसभा सदस्य प्रभु साहले एसिड आक्रमणबाट पीडित पर्साकी मुस्कान खातुनलाई न्याय दिलाउने बाचा गरेका छन् ।
आइतबार कीर्तिपुरस्थित नेपाल क्लेफ्ट एन्ड बर्न सेन्टरको आइसियूमा उपचारत खातुनलाई भेट्न नेताद्वय यादव र साह पुगेका हुन् । अस्पतालमा पुगेर स्वास्थ्य अवस्था बुझेपछि मन्त्री यादवले खातुनको उपचारमा कुनै कमी हुन नदिन अस्पताललाई निर्देशन दिए । ‘म पनि यहीँ छु, पार्टीका प्रदेश अध्यक्ष प्रभु साह पनि यहीँ हुनुहुन्छ । हामी यस विषयमा चिन्तित छौँ र यसलाई गम्भिरतापूर्वक लिएका छौँ । उपचारका लागि कुनै चिन्ता लिनुपर्दैन’ मन्त्री यादवले भने ।
एउटा निर्दोष बालिकामाथि आक्रमण भएको भन्दै मन्त्री यादवले अपराधमा संलग्नलाई कुनै पनि हालतमा माफ गर्न नसकिने बताए । ‘यस्ता खालका अपराधमा संलग्नलाई हदैसम्मको कारवाही हुन्छ’ मन्त्री यादवको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कति पुग्यो युरो, पाउण्ड, अष्ट्रेलियन र क्यानेडियन डलरको मूल्य ?
-
अमेरिकाको हड्सन नदीमा हेलिकोप्टर खस्दा ६ जनाको मृत्यु
-
बिस्केट जात्राको भैरव रथ वंशगोपाल पुगेर फर्काइँदै
-
काठमाडौंमा आजदेखि तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन हुँदै
-
दिल्ली अपराजित, घरेलु मैदानमा हार्यो बैंग्लुरु
-
चट्याङ लागेर दुई महिला गम्भीर घाइते