आयुर्वेद चिकित्साको लाईसेन्स परीक्षा : शतप्रतिशत उत्तीर्ण
काठमाडौं– नेपालमा पहिलोपटक आयुर्वेद चिकित्सकको लाईसेन्स परीक्षा लिइएको छ । नेपाल आयुर्वेद मेडिकल काउन्सिलले पहिलोपटक लिइएको आयुर्वेद चिकित्सकको लाइसेन्स परीक्षामा शतप्रतिशत चिकित्सक उत्तीर्ण भएका छन् ।
नेपाल आयुर्वेद मेडिकल काउन्सिलले पहिलोपटक भदौ १४ गते सञ्चालन गरिएको लाइसेन्स परीक्षामा ६८ जना आयुर्वेद चिकित्सकको सहभागिता रहेको थियो । भदौ २० गते सार्वजनिक गरिएको रिजल्टमा सबै चिकित्सक उत्तीर्ण भएको काउन्सिलले जनाएको छ ।
यसअघि आयुवर्दे चिकित्सकले एमबिबिएस सरहको बिएमएस उत्तीर्ण विद्यार्थीले मेडिकल काउन्सिलमा नाम दर्ता गरी चिकित्सकीय अध्यास गर्न पाउने व्यवस्था गरेको थियो । ६-६ महिनामा सञ्चालन हुने परीक्षामा बिएमएस तह सकेर कम्तिमा पनि ६ महिनाको इन्टनसीप सकेका विद्यर्थाीहरुले दर्ता परीक्षा दिन सक्नेछन् ।
सरकारले खासै चासो नदिएको आयुर्वेद चिकित्सा पद्धतिलाई पछिल्लो समयध्यान दिँदै आइरहेको छ । आयुर्वेद क्षेत्रको लागि परीक्षा प्रणाली एक ऐतिहासिक फड्को मानिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाम्रो औकात, क्षमता र आवश्यकता अनुसार खेलकुदको योजना बनाउँछौँ : मुख्यमन्त्री कँडेल
-
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै
-
नर्सिङ सुन्दरीले देखाए ट्यालेन्ट
-
आठौँ पोखरा स्पोर्ट्स अवार्ड : वर्ष उत्कृष्ट खेलाडी अर्जुन र सुस्मिता
-
धरानमा बन्यो कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्र
-
आफूलाई खटाएको शिक्षण संस्थामा मात्र काम गर्न काठमाडौँ महानगरले गरायो सचेत