लोकसेवाका अध्यक्ष यादवले लिए सपथ, नीति आयोगको उपाध्यक्षमा डा. भोगेन्द्र झा नियुक्त

जनकपुर-प्रदेश नम्बर २ लोकसेवा आयोगको अध्यक्षमा नियुक्त प्राध्यापक डा. सुरेन्द्र प्रसाद यादवले पद तथा गोपनियताको सपथ लिएका छन् ।
आइतबार आयोजित एक समारोहमा उनलाई प्रदेश नम्बर २ का प्रमुख रत्नेश्वरलाल कायस्थले सपथ ग्रहण गराएका हुन् ।
नवनियुक्त यादवले सिरहा क्याम्पसमा लामो समय सम्म उपप्राध्यापकको रुपमा काम गरेका छन् भने नेपाल पत्रकार महासङ्घ सिरहा शाखाका साधारण सदस्य समेत हुन् ।
मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सिफारिस समितिले डा. यादवलाई प्रदेश लोकसेवा आयोग अध्यक्षमा नियुक्त गरिएको थियो ।
त्यस्तै प्रदेश नीति आयोगको उपाध्यक्षमा डा. भोगेन्द्र झालाई नियुक्त गरिएको छ। झालाई पनि सोही कार्यक्रममा नियुक्ति पत्र दिइएको हो । यसअघि नीति आयोगका उपाध्यक्ष हरिवंश झाले सार्वजनिक स्थलमा प्रदेश सांसदको आलोचना गर्दा प्रतिपक्षी काङ्ग्रेसले प्रदेश सरकारसँग कारवाहीको माग गरेको थियो । सो पछि हरिवंश झाले राजीनामा दिएपछि भोगेन्द्र झालाई नियुक्ति गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहुल र पोरेल चम्किएपछि आईपीएलमा दिल्लीको शानदार जित
-
बाँकेमा भूमिहिनलाई लालपूर्जा वितरणको तयारी
-
१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन
-
सोलुखुम्बुमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न
-
नेपाल आए मेटाका प्रतिनिधि, होला सामाजिक सञ्जाल दर्ता ?
-
आईपीएल : दिल्लीले कमब्याक गर्दा १ सय ५९ रनमा रोकियो लखनउ