बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

दशैंको बेला सस्तो मेला, असोज २ गतेदेखि भृकुटीमण्डपमा स्टक क्लियरेन्स मेला एकैसाथ

आइतबार, २२ भदौ २०७६, १५ : ३९
आइतबार, २२ भदौ २०७६

काठमाडौं–दशैंको अवसर पारेर असोजको पहिलो साता राजधानीको भृकुटीमण्डपमा स्टक क्लियरेन्स मेला आयोजना हुने भएको छ । असोज २ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने मेलाको तयारी पुरा भएको आयोजक संस्था इभेन्ट सोलुसनले जनाएको छ । 

चाड पर्वका बेला सस्तो मूल्यमा एकै छानामुनी स्वदेशी तथा विदेशी सामानहरु खरिद गर्न सक्नेगरी मेला आयोजना हुन लागेको हो । अधिक रुचाइएको यो मेला वर्षेनी आयोजना हुँदै आएको छ । यस पटक पनि मेलालाई निरन्तरता दिँदै ‘दशैंको बेला सस्तो मेला’ भन्ने नाराका साथ स्टक क्लियरेन्स मेला ५ दिनसम्म चल्नेछ ।  

एक्स्पोमा दशैंका लागि आबश्यक सबै किसिमका सामाग्रीहरुको कारोबार हुने आयोजक संस्था इभेन्ट सोलुसनका प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताए । एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, चीन, थाइल्याण्ड र जापानका उत्पादन तथा प्रदर्शकहरुको सहभागिता रहनेछ । यस पटकको मेलामा विभिन्न किसिमका बम्पर छुट अफर समेत रहने आयोजकले जनाएको छ । 

‘अफरै अफरको ब्यापारिक मेला सपिङ गर्ने यहि हो बेला’ भन्ने अर्को नारासहित सञ्चालन हुने मेलामा बजारको तुलनामा सस्तोमा सामान खरिद गर्न सकिन्छ । जहाँ घरायसी प्रयोजनका सम्पूर्ण सामाग्री, छालाका उत्पादनहरु, खानाका परिकार तथा उत्पादन, कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स लगायत सामाग्रीका सयभन्दा बढी स्टलहरु रहने छन् ।’ इभेन्ट सोलुसनका बजार निर्देशक नविन भट्टले भने ।

दशैंका लागि आवश्यक सम्पूर्ण उपभोग्य सामाग्रीहरु एकै ठाउँबाट बिशेष छुटमा उपलब्ध गराउने लक्ष्यका साथ आयोजना गरिएको एक्सपोमा फिक्स्ड प्राइसका साथै विशेष अफरहरु सञ्चालन गरिनेछ । छाला जुत्ता तथा वस्तुहरुको मेलामा विशेष सहभागिता रहनेछ । एक्सपोको प्रवद्र्धन नेपाल नेपाल चेम्बर अफ कमर्शले गर्नेछ । 

स्टक क्लियरेन्स मेलासँगै अलग्गै प्रदर्शनीस्थलमा नेपालमा उत्पादित धागो तथा कपडाको एक्स्पो पनि सञ्चालन हुनेछ । नेपाल यार्न एण्ड टेक्सटायल एक्स्पो २०१९ लाई नेपाल धागो उत्पादक संघले आयोजना गरेको हो । यो मेलाको व्यवस्थापन पनि इभेन्ट सोलुसनले गर्नेछ । मेलाको सबै तयारी पुरा भएको छ ।

मेलामा काठमाडौं, भक्तपुर, ललितपुर र आसपासबाट उपभोक्ताहरु सामान किन्न आउने र बिक्रेताहरुको पनि राम्रो जमघट हुने विश्वास इभेन्ट सोलुसनले लिएको छ । ‘दशैंको सपिङ गर्न उपभोक्ताहरु बजारमा धेरै भौतारिनु पर्ने अवस्था नहोस् भन्न एउटै छानामूनी क्लियरेन्स मेला आयोजना गर्न लागेका हौं ।’ इभेन्ट सोलुसनका अध्यक्ष सुनिल भण्डारीले बताए । 

६० हजार उपभोक्ताले एक्स्पो अवलोकन गर्दै आफुलाई आवश्यक वस्तु खरिद गर्ने आँकलन इभेन्ट सोलुसनको छ । वर्षेनी आयोजना हुँदै आएको एक्स्पोको यो संस्करणबाट व्यवसायी तथा उपभोक्ता दुवै लाभान्वित हुने विश्वास लिइएको छ ।

एक्सपोको प्रवद्धन नेपाल नेपाल चेम्बर अफ कमर्शले गर्नेछ । त्यस्तै ललिपुर चेम्बर अफ कर्मश र भक्तपुर चेम्बर अफ कमर्शले पनि एक्स्पोको प्रवद्धन गर्नेछन् । छाला जुत्ता तथा वस्तुहरुको मेलामा विशेष सहभागिता रहनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप