मण्डला थियटरमा मन्नू ‘महाभोज’

काठमाडौं– अनामनगरस्थित मण्डला नाटक घरमा विगत केही दिनदेखि नाटक ‘महाभोज’ मञ्चन भइरहेको छ । भारतमा निकै चर्चा कमाइसकेको यो नाटक राजनीति, भ्रष्टाचार र सर्वसाधारणको वरपर घुमेको छ ।
भारतीय नाटककार मन्नू भण्डारीको हिन्दी नाटक ‘महाभोज’ अनुवाद गेर यसलाई मञ्चन गरिएको हो । अनुप बरालको निर्देशन रहेको नाटकलाई विप्लव प्रतीकले अनुवाद गरेका हुन् ।
सन् १९३८ मा भारतको मध्ये प्रदेशमा जन्मेकी मन्नू भन्डारीले सन् १९७१ मा ‘महाभोज’ उपन्यास लेखेकी थिइन् । सोही उपन्यासमा आधारित रहेर पछि नाटक बनेको हो । नाटकमा अनुवादक विप्लव प्रतिकले पनि अभिनय गरिरेहका छन् । उनको अलवा नाटकमा राजन खतिवडा, सिर्जना सुब्बा, रमेश बुढाथोकी, बुद्धि तामाङ, राज न्यौपाने, विजय बराल, प्रदीपकुमार चौधरी, सोमनाथ खनाल, घनश्याम जोशी लगायतका २६ कलाकारले अभिनय प्रस्तुत गरिरहेका छन् ।
गत १४ गते शनिबारबाट नियमित मञ्चन सुरु भएको नाटक सोमबार बाहेक हरेक दिन साँझ सभा पाँच बजे र शनिबार अतिरिक्त शो दिउसो १ बजे पनि मञ्चन हुनेछ । महाभोज असोज १२ गतेसम्म मण्डला नाटक घरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा सैन्य कारबाहीमा ६ आतङ्ककारी मारिए
-
गैँडाको आक्रमणबाट एक घाइते
-
वरिष्ठ अधिवक्ता वीरेन्द्र ठाकुरको नेतृत्वमा कानुन व्यवसायी केन्द्रीय समिति पुनर्गठन
-
रोस्टिङ कमेडी अलि सजिलो
-
प्रमुख प्रशासकीय अधिकृत नियुक्तिको विषयमा उपप्रमुख डंगोलद्वारा प्रमुख साहको विरोध
-
सत्ता पक्ष नेता भन्छन्– राजनीतिक दल विभाजनसम्बन्धी विधेयक दल फुटाउने उद्देश्यले ल्याउन लागेको होइन