मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

एसीसी यु–१९ एसिया कप : नेपालद्वारा बंगलादेशसामु २ सय ६२ रनको लक्ष्य प्रस्तुत

आइतबार, २२ भदौ २०७६, १३ : २०
आइतबार, २२ भदौ २०७६

एसीसी अन्डर १९ एसिया कप क्रिकेटमा नेपालले बंगलादेशसामु जीतका लागि २ सय ६२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

पवन शर्राफ र सन्दीप जोराले अर्धशतक बनाएपछि नेपालले निर्धारित ५० ओभरमा नेपालले ८ विकेटको क्षतिमा २ सय ६१ रन बनाएको हो ।

श्रीलङ्काको पी सारा मैदानमा जारी टस हारेर नेपालले पहिलो ब्याटिङ गरेको थियो ।

नेपालका लागि शरार्फले १११ बलमा सर्वाधिक ८१ रनको योगदान दिए । उनले यस क्रममा ८ चौका र १ छक्का हिर्काए ।

उनले ओपनर रित गौतमसँग मिलेर पहिलो विकेटको लागि ४५ रनको साझेदारी गर्दै उत्कृष्ट शुरुवात दिए । गौतमले तीन चौका र एक छक्का हिर्काउँदै ३२ रन बनाए ।

त्यस्तै, सन्दीप जोराले विष्फोटक ब्याटिङ गर्दै ३७ बलमा ५६ रन बनाउँदै नेपाललाई विशाल योगफलतर्फ डोर्याए । जोराले ३ चौका र समान छक्का हिर्काए ।

कुशल मल्लले २८ तथा भीम सार्कीले २१ रनको योगदान दिए ।

बंगलादेशका लागि तन्जिम हसन र मोहमद साहिन अलोमले २–२ विकेट लिए ।

प्रतियोगितामा नेपालको यो दोस्रो खेल हो । पहिलो खेलमा नेपाल श्रीलङ्कासँग पराजित भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप