टेनिस स्टार सेरेनालाई प्रोत्साहन गर्न पुगिन् मेगन मर्कलः तर भनियो, ‘ब्याड लक चार्म’
आफ्नी अति मिल्ने साथी टेनिस स्टार सेरेना विलियम्सलाई चियर गर्न पुगेकी मेगन मर्कललाई सेरेनाका प्रशंसकहरुले ‘ब्याड लक चार्म’ को संज्ञा दिएका छन् ।
३८ वर्षे डचेज अफ ससेक्स विम्बलडनको अन्तिम खेलमा साथी सेरेनालाई प्रोत्साहन गर्न स्टेडियम पुगेकी थिइन् । अन्तिम खेलमा क्यानाडेली बियान्का एन्ड्रोस्कूले सेरेनालाई ६–३, ७–५ ले हराएकी थिइन् ।
विलियम्सकी आमा ओर्यासिना प्राइससँगै खेल हेरिरहेकी मेगन न्यूयोर्कको आकर्षकको केन्द्रमा थिइन् । तर सेरेनाले हार व्यवहोरेपछि यी दुई निराश भएका थिए ।
एक ट्वीटर प्रयोगकर्ताले लेखे, ‘डियर मेगन मर्कल कृपया सेरेनाको अन्तिम खेलमा उपस्थित नहुनुहोला । तपाईंले गर्दा नै उनले खेल हारिन् ।’
अर्का प्रयोगकर्ताले लेखे, ‘मेगन । डचेज । धेरै प्रेम । साँच्चै नै धेरै माया । तर के तिमी ‘ब्याड लक’ हौ ?’
यद्यपि, मेगनले विलियम्सले सन् २०१६ को विम्बलडन जितेको हेरेकी थिइन् । त्यतिबेला मेगन र ह्यारीबीचको प्रेम सम्बन्धको हल्ला निकै चर्किरहेको थियो ।
मेगनले अन्तिम समयमा विलियम्सको खेल हेर्ने निर्णय लिएपछि आफूहरु निकै चिन्तित भएको विलियम्सको समूहले बताए ।
‘जब उनले अघिल्लो रात खेल जितिन् तब सेरेनाले आफ्ना कोचलाई मेगनको उपस्थितीबारे सोधेकी थिइन् । किनभने टेनिस खेलाडी अन्धविश्वासी हुन्छन् र विम्बलडनको अन्तिम खेलमा मेगन उपस्थित भएपछि सेरेनाले हारिन्,’ शुक्रबार न्यूयोर्क पोष्टसँगको कुराकानीमा एक स्रोतले भन्यो । ‘विलियमका कोच प्याट्रिकले उनलाई ‘केन्द्रित’ भइराख्न सुझाए किनभने कोचले उनलाई २४ औं ग्रान्ड स्ल्यामको उपाधि जिताउन चाहन्थे ।’
मेगनले विन्डसोरमा राजकुमार ह्यारी र चार महिने छोरालाई छोडेर लण्डनको हिथ्रोबाट उडान भरेकी थिइन् । उनीसँग सुरक्षाकर्मी भने थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकपछि अर्को कार्यवाहकको अभ्यासमा रास्वपा !
-
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
-
बागमतीमा सर्वदलीय बैठक : विकास योजना कार्यान्वयन गर्न सरकारलाई आग्रह
-
सरकारी वकिल कार्यालय फौजदारी न्याय प्रणालीको मेरुदण्ड हो : प्रधानन्यायाधीश राउत
-
दुई पालिकाका १२ नम्बर वडाका दुई जना वडाध्यक्ष एकैदिन पक्राउ !
-
फूलचोकीको जंगलमा हराएका १३ जना सम्पर्कमा