हजुरआमा बन्दैछिन् रबिना टण्डन, छोरीका लागि बेबी सावर पार्टीको आयोजना गरिन्

बलिउड उद्योगकी चर्चित नायिका रबिना टन्डनले हालै आफ्नी छोरीका लागि बेबी सावर पार्टीको आयोजना गरिन् । स्मरण रहोस्, छायालाई रबिनाले सन् १९९५ मा एडोप्ट गरेकी थिइन् ।
रबिनाकी छोरी छाया चाँडै नै आमा बन्दैछिन्, यसको अर्थ यो हो कि रबिना टन्डन अब केही समयमा नै हजुरआमा बन्दैछिन् । हजुरआमा बन्न लागेकोमा रबिना अत्यधिक खुसी देखिन्छिन् ।
Photo: Instagram
बेबी शावर पार्टीमा समावेश पूजा मखिजा नामकी पाहुनाले आफ्नो सोसल मिडियामा अकाउन्टमा कार्यक्रमका केही तस्बिर सेयर गरेकी छिन् । पूजाले बेबी शावरको तस्बिर सेयर गर्दै क्याप्सनमा रबिनाको तारिफ गर्दै लेखिन्, ‘हजुरआमा बन्न लागेकोमा चियर्स । रबिना तपाईंले यो वास्तविक प्यासनसहित गर्नुभयो । तपाईं उत्कृष्ट तरिका र अत्यधिक मायासहित आफ्नी धर्मपुत्रीको बेबी सावर गरेको देखेर मन पग्लियो ।’
Photo: Instagram
बेबी शावर पार्टीमा रबिनाकी आफ्नै छोरी राशा थडानी पनि निकै खुसी देखिएकी छिन् । पार्टीमा छायाले मरुन रङको पहिरन लगाएकी थिइन् भने रबिना प्रिन्टेड टप र ट्राउजरमा निकै आकर्षक देखिएकी थिइन् ।
स्मरण रहोस्, रबिनाले सन् १९९५ मा दुई छोरी छाया र पूजालाई अडोप्ट गरेकी थिइन् । त्यतिबेला पूजा ११ वर्षकी थिइन् भने छाया ८ वर्षकी थिइन् ।
Photo: Instagram
रबिना टन्डनले सन् २००४ को फेब्रुअरी २२ मा फिल्म डिस्ट्रिब्यूटर अनिल थडानीसँग विवाह गरेकी थिइन् । यी दुईका १४ वर्षकी छोरी राशा र ११ वर्षका छोरा छन् । आजकाल रबिना नच बलिएमा जजको भूमिका देखिएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापा गोल्डकप : पहिलो सेमिफाइनलमा भद्रपुर ब्लेजर्स र बङ्गलादेशको काउर्न बाजारबिच प्रतिस्पर्धा
-
कर्णालीका स्वास्थ्य संस्थामा जनशक्तिको अभाव
-
श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह
-
गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
-
बागलुङलाई समृद्धिसँग जोड्दै कालीगण्डकी करिडोर
-
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, देशभरको मौसम कस्तो रहला ?