विमानको शौचालयभित्र थिए जोडी, सेलिब्रिटीले क्यामरामा कैद गरे
एउटा विमानमा थुप्रै महिला शौचालय जानका लागि उभिएका थिए त्यतिबेला अचानक एक जोडी बाहिर निस्किए । अमेरिकाका एक चर्चित बीच भलिबल खेलाडी स्टेफोर्ड स्लिकले घटनाको भिडियो क्यामरामा कैद गरे । सोसल मिडियामा भाइरल भएको भिडियोमा महिला र पुरुषले एकै रंगको स्वीटसर्ट लगाएको देख्न सकिन्छ ।
स्टेफोर्डले घटना कुन दिन र कुन विमानको भनेर खुलाएका छैनन् । तर इन्स्टाग्राममा फोटो र भिडियो पोष्ट गर्दै पहिलो पटक उनले कुनै जोडीलाई विमानको बाथरुमबाट बाहिर आएको देखेको बताए ।
३४ वर्षका भलिबल खेलाडीले लेखे, ‘थुप्रै महिला त्यतिबेला बाथरुम जानका लागि प्रतिक्षा गरिरहेका थिए । यद्यपि, बाहिर निस्किएपछि कसैले पनि उक्त जोडीलाई केही पनि भनेनन् ।’
भिडियोमा विमान परिचारिकाले महिलालाई ‘तपाईं अहिलेसम्म पनि यहिँ हुनुहुन्छ ?’ भनिरहेको सुन्न सकिन्छ । महिलाले जवाफ दिन्छिन्, ‘भित्र मान्छे छ ।’ केही बेरपछि बाथरुमबाट जोडी बाहिर निस्किएको देख्न सकिन्छ ।
सोसल मिडियामा धेरै मानिसहरुले यो भिडियोमा कमेन्ट गरेका छन् । धेरै मानिसहरुले एकैपटक दुई व्यक्ति बाथरुममा कसरी जान सक्छन् भनेर सोधिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान