शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कंगनासँगको विवादको विषयमा ऋतिकले मिडियाप्रति यसरी दुःख व्यक्त गरे

आइतबार, २२ भदौ २०७६, ०९ : ४२
आइतबार, २२ भदौ २०७६

बलिउड अभिनेता ऋतिक रोशन यतिबेला उनको नयाँ फिल्म ‘वार’ को प्रमोशनमा व्यस्त छन् । पछिल्लो फिल्म ‘सुपर–३०’ को सफलतापछि ऋतिक पुनः नयाँ फिल्मको प्रमोशनको लागि विभिन्न कार्यक्रममा व्यस्त हुन थालेका छन् । 

उनले भर्खरै सिंगापुरमा हिन्दुस्तान टाइम्स मिट एसिया लिडरशिप समिटमा भाग लिए । उनीसँगै कार्यक्रममा कैटरीना कैफ पनि थिइन् । उनले ऋतिकको व्यक्तिगत जिन्दगीको बारेमा थुप्रै प्रश्न गरेकी थिइन् । भने उनले पनि खुलेर जवाफ दिएका थिए । 

उनले अभिनेत्री तथा उनकी पूर्वप्रेमिका कंगना रनौतको विषयमा पनि खुलेर बोलेका थिए । उनले मिडियाप्रति गुनासो समेत गरेका थिए ।

ऋतिकले भने, ‘मलाई सबैभन्दा बढि दुख मिडियासँग लागेको छ । मिडियाले झुट र धोकेबाज व्यक्तिलाई धेरै चासो र चर्चा गर्यो ।’

पछिल्लो पटक कंगनाको ‘मणिकर्णिका’ र ऋतिकको ‘सुपर –३०’ को मिति जुधेको थियो । तर ऋतिकले फिल्मको रिलीज मिति पछाडि सारे । यसैबीच पनि कंगनाकी बहिनी रंगोलीले सामाजिक सञ्जालमा ऋतिक रोशनको फिल्म फ्लप हुने दाबी समेत गरेकी थिइन् । 
  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप