प्रियंका चोपडाले भनिन्, ‘आमा बन्नु मेरो सूचीको शीर्ष स्थानमा’

बलिउड नायिका प्रियंका चोपडाले आमा बन्नु आफ्नो सूचीको शीर्ष स्थानमा भएको बताएकी छिन् । उनले अन्तरराष्ट्रिय फेशन म्यागजिन भोगको सेप्टेम्बर संस्क जानकारी रणका लागि दिएको अन्तरवार्तामा बताएकी हुन् । कुराकानीको क्रममा प्रियंकाले भनिन्, ‘मेरो लागि घर त्यो हो, जहाँ म खुसी हुन्छु । जहाँ मेरा आफन्त बस्छन् जसलाई म निकै माया गर्छु । घर किन्नु र बच्चा जन्माउनु मेरो सूचीमा समावेश छ ।’
निकसँग कहिले पनि गाउने कोसिस गर्दिनन्ः
उक्त अन्तरवार्तामा प्रियंकाले श्रीमान् निक जोनससँगको आफ्नो सामिप्यताबारे पनि कुरा गरेकी छिन् । उनका अनुसार उनी कहिले पनि निकसँग मिलेर गाउने कोसिस गर्दिनन् । प्रियंकाले भनिन्, ‘हामी घरमा सँगसँगै गुन्गुनाउँछौं । जब म तयार भइरहेको हुन्छु तब उनी पियानो बजाएर मेरो प्रतिक्षा गरिरहेका हुन्छन् । तर म उनीसँग मिलेर कहिले पनि गाउने कोसिस गर्दिनँ । उनी उत्कृष्ट संगीतकार हुन् ।’
मैले जे सिकेँ, भारतमा सिकेँः प्रियंका:
प्रियंकाले बलिउडबाट हलिउडसम्मको यात्राको विषयमा भनिन्, ‘आज म जे पनि छु वा अमेरिकामा जे गरिरहेको छु, त्यो सबै मैले भारतमा सिकेँ । म यसको दृष्टिकोणमात्र देखाइरहेकी छु । मैले आफूले आफैंलाई विश्वास गर्न सिकेँ । मैले असफलतापछि के गर्ने भनेर सिकेँ ।’
डिसेम्बर सन् २०१८ मा निकसँग विवाह गरिन्ः
३७ वर्षकी प्रियंकाले डिसेम्बर सन् २०१८ मा जोधपुरको उमैद भवन प्यालेसमा आफूभन्दा १० वर्ष कान्छा अमेरिकी गायक निक जोनससँग विवाह गरेकी थिइन् । कामको कुरा गर्ने हो भने प्रियंकाको नयाँ बलिउड फिल्म ‘द स्काई इज पिंक’ को स्क्रिनिङ सेप्टेम्बर १३ मा टोरोन्टो इन्टरनेशनल फिल्म फेस्टिबलमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी घोषणाको ७ वर्षपछि प्रदेशमै निःशुल्क डायलासिस सेवा, विरामीलाई बल्ल राहत
-
झापा गोल्डकप : भुटानको डागा युनाइटेड सेमिफाइनलमा
-
एकै पल्ट २३ सय ८५ जना प्रहरी सहायक हवल्दारको सरुवा
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म
-
मधेसमा प्रचण्ड : उत्साह कि बाध्यता ?
-
राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा सडकमा