महेश भट्टको मृत्युको खबरमा छोरी पूजा भट्टको यस्तो बयान

नायिका एवं बलिउड फिल्म निर्देशक पूजा भट्टले पिता महेश भट्टको निधनको खबर खण्डन गरेका छन् । प्रमाणको रुपमा उनले महेश भट्टका दुईवटा फोटो सेयर गरेकी छिन् जसमा उनी घरमा क्वालिटी समय बिताइरहेको देख्न सकिन्छ । वास्तवमा, सोसल मिडियामा महेश भट्टको हृदयघातका कारण मृत्यु भएको अफवाह फैलिएको थियो ।
उनी खतरनाक तरिकाले जीवनयापन गरिरहेका छन्ः पूजा
पूजा भट्टले इन्स्टाग्राममा लेखिन्, ‘अफवाह फैलाउने र मेरो बुवा महेश भट्टको हृदयघातका कारण मृत्यु भएको खबर सुनेर दुःखी भइरहेका मानिसहरुका लागि यो प्रमाण हो । उनी सधैं झैं खतरनाक तरिकाले जीवनयापन गरिरहेका छन् त्यो पनि रातो जुत्तामा ।’
यसरी उड्यो अफवाहः
शुक्रबार सिन्टा अफिसियल नामको ट्वीटर ह्यान्डलबाट महेश भट्टको निधनको सूचना दिइएको थियो । पोष्टमा एउटा फोटोसहित लेखिएको थियो, ‘श्रीमहेश भट्टको निधनमा सिन्टा गहिरो समवेदना व्यक्त गर्छ । ’ पोष्टमा भट्ट मार्च सन् १९८७ सम्म संस्थानको सदस्य थिए भनेर पनि लेखिएको छ । त्यसपछि उनको निधनको खबर सोसल मिडियामा भाइरल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ दिनमै सकियो एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा ‘फ्लड लाइड’ जडान कार्य
-
बुटवलमा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने
-
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त शिक्षाध्यक्ष लम्सालले लिए शपथ
-
आईसीसी नकआउट टुर्नामेन्टबाट आईसीसी च्याम्पियन्स ट्रफी
-
युएसएडका ४ हजारभन्दा बढी कर्मचारी बिदामा, डेढ हजारभन्दा बढीको जागिर गुम्यो
-
पहिरोले करिब ३० मिटर सडक पुरियो, सडकमा विशाल ढुंगा