रोनाल्डोको गोलसँगै पोर्चुगल विजयी

सुपर स्टार क्रिस्टियानो रोनाल्डोको गोलसँगै पोर्चुगलले युरोकप छनोट फुटबलमा पहिलो जित निकालेको छ । समूह ‘बी’ अन्र्तगत शनिबार राति भएको खेलमा पोर्चुगलले सर्वियालाई उसकै मैदानमा ४–२ गोलले हरायो । सुरुवाती दुई खेलमा बराबरी नतिजामा चित्त बुझाएको पोर्चुगलको युरो छनोट खेलमा यो पहिलो जित हो ।
पेर्चुगलको जितमा विलियम कार्भाल्होले ४२औं मिनेटमा पहिलो गोल गरे । ५८औं मिनेटमा गोन्कालो गुइडेजले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाए । ६८औं मिनेटमा निकोला मिलेन्कोभिकले गोल गर्दै घरेलु टोली सर्वियालाई खेलमा फर्काउने प्रयास गरे । त्यसपछि ८०औं मिनेटमा रोनाल्डोले गोल गर्दै पोर्चुगललाई थप बलियो बनाए । ८५औं मिनेटमा सर्वियाका एलेकसन्डर मिट्रोभिकले गोल गर्दै गोल अन्तर घटाए ।८६औं मिनेटमा बर्नाडो सिल्भाले राफयल गुरेरोको पासमा गोल गर्दै पोर्चुगललाई ४–२ को जित दिलाए ।
जितसँगै समूह ‘बी’ मा पोर्चुगलले दोस्रो स्थानमा उक्लिएको छ । पोर्चुगलको पाँच अंक छ । चार अंक बनाएको सर्विया चौथो स्थानमा छ । समूहको अर्काे खेलमा युक्रेनले लिथुनियालाई ३–० गोलले पराजित गरेको छ । जितसँगै शीर्षस्थानमा रहेको युक्रेनले पाँच खेलबाट १३ अंक बनाएको छ । एक अंकमा सिमिति लिथुनिया तालिकाको अन्तिममा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेता ब्रान्डविरुद्ध बलात्कारको मुद्दा
-
संविधानमाथि चुनौती दिन केही शक्ति सक्रिय : महासचिव पोखरेल
-
‘अबको दशक मिल्काइसकेको पात्रको बारेमा छलफल गर्ने समय होइन’
-
ऋषभ पन्तलाई १२ लाख भारतीय रुपैयाँ जरिवाना
-
‘रवि लामिछानेको लडाइँ कानुनी मात्रै होइन, राजनीतिक लडाइँ पनि हो’
-
शिक्षकका जायज माग सम्बोधनमा ढिला हुनु हुँदैन : एनपी साउद