शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

डेङ्गुको सङक्रमणबाट एक जनाको मृत्यु

शनिबार, २१ भदौ २०७६, २१ : ४७
शनिबार, २१ भदौ २०७६

बुटवल – डेङ्गुको सङ्क्रमणबाट बुटवलमा एक जनाको मृत्यु भएको छ । कपिलवस्तुको वाणगङ्गा नगरपालिका–७ मोतिपुर निवासी ६१ वर्षीया सावित्रा आचार्यको उपचारको क्रममा आज मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिडेन्टेनका डा कृष्ण खनालले जानकारी दिए ।

आचार्यलाई लगातार ज्वरो आएपछि परीक्षण गराउदा डेङ्गुको सङ्क्रमण भेटिएको थियो । तीन दिनदेखि लुम्बिनी प्रादेशिक अस्पतालको सघन उपचार कक्षमा उपचार गरेपनि रगतमा प्लेटलेट्सको मात्रा नबढेपछि साँझ साढे ५ बजे निधन भएको अस्पतालले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप