नेपाल - बंगलादेशको सम्बन्ध सुधार हुन्छ : राजदूत डा. मिश्र

रौतहट – बंगलादेशका लागी नवनियुक्त राजदूत डा. वंशीधर मिश्रले नेपाल र बंगलादेशको सम्बन्धमा थप सुधार ल्याउने बताएका छन् । नेपालको सिमान देखी जम्माजम्मी ३२ किलोमिटर टाढा रहेको बंगलादेश बाट झापाको भद्रपुर सम्म हवाइ सम्बन्ध जोडने साथै देशको अन्य सम्बन्धको सकारात्मक बनाउन पनी आफू प्रयासरत रहने बताए ।
रौतहट जिलाबाट पहिलो राजदूतको रुपमा आफू राजदूत बनेको भन्दै डा.मिश्र नेपाल बाट बालुवा, ढुंगाको मागको साथै नौ हजार मेगावाट बिजुली माग रहेको बंगलादेशको उद्योगपतिहरुसँग रौतहटको सेजमा लगानी गर्न आग्रह गर्ने बताए ।
राजदूत डा.मिश्र बंगलादेशमा रौतहटको इज्जत अझै बढाउन प्रयास गर्नुका साथै स्वास्थ्य तथा इन्जिनियरिङको क्षेत्रमा थप विद्यार्थीको पहुँच बनाउन आफु सकृय रहने बताए । १७ करोड जनसंख्या रहेको बंगलादेशमा एक करोड साठ लाख हिन्दूको बसोबास रहेकाले बंगलादेश र नेपालको सबै किसिमले सम्बन्ध बनाउन सहज हुने डाक्टर मिश्रले स्पष्ट पारेका थिए ।
गृहजिल्ला रौतहटको गरुडा स्थित तुलसीलाल स्मृति प्रतिष्ठान सभाभवनमा समाज विकास केन्द्र रौतहटद्वारा आयोजित सम्मान कार्यक्रमलाई शनिवार सम्बोधन गर्दै राजदूत डा.मिश्रले आफु फेरी सकृय राजनीतिमा आउने संकेत दिएका थिए ।
राजदूत डा.मिश्रलाई समाजका बिभिन्न व्यक्तिहरुले दोसाला ओढाएर स्वागत तथा सम्मान गरेका थिए । उक्त अवसरमा पुर्व सांसद अबुल कलाम, हरी उपे्रती लागयतका वक्ताहरुले रौतहट बाट पहिलो पटक राजदूत जस्तो गरिमामय पदमा डाक्टर मिश्रलाई नेकपाका नेतृत्वले अवसर दिएकोमा पार्टीप्रती आभार प्रकट गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कार्गो रेल नचलाएसम्म रेल्वे कम्पनी नाफामा जान सक्दैन’
-
लोसपा रौतहटको संयोजकमा भरत साह
-
'जुन देश गरिब हुन्छ त्यस देशका नेताहरू सजिलै बिक्री हुन्छन्'
-
ढोरपाटन जोड्ने सडक स्तरोन्नितका लागि एक अर्ब बजेट
-
एक्मीका विद्यार्थीलाई अन्यत्र सारियो, कलेजलाई कारबाही गर्न हुँदैछ आनाकानी
-
‘सर्माइ भागेर’ मा ‘दर्पण छाया २’ जोडी पुष्प र सहारा