राप्रपा युवा संगठनले राष्ट्रियता संरक्षण र भ्रष्टाचार विरुद्ध अभियान संचालन गर्ने

बुटवल – राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले राष्ट्रियता संरक्षण तथा भ्रष्टाचार विरुद्ध मेची महाकाली युवा अभियान संचालन गर्ने निर्णय गरेको छ । रुपन्देही जिल्लाको बुटवल स्थित विश्व हिन्दु महासंघको सभामा भाद्र २० र २१ गते भएको परिषद बैठकले देशलाई भ्रष्टाचार मुक्त बनाउने अभियान संचालन गर्ने भएको हो ।
परिषद बैठकले संगठनलाई देशकै एक मात्र राष्ट्रवादी युवा संगठन भएको ठहर गर्दै राष्ट्रियता संरक्षण अभियान संचालन गर्ने निर्णय गरेको छ । संगठनले देशका सबै विधालयमा अनिवार्य संस्कृत शिक्षा र नैतिक शिक्षा पठनपाठन गर्न माग गर्ने भएको छ ।
त्यस्तै परिषद बैठकले वेरोजगार युवाका लागि रोजगारको नीति र वेरोगारी भत्ता समेत प्रदान गर्न सरकारसीत माग गर्ने भएको छ । परिषद बैठकले आगामी फागुन १६,१७ र १८ गते संगठनको केन्द्रीय महाधिवेशन गर्ने निर्णय समेत गरेको छ ।
त्यसैगरी बैठकले प्रदेश नं। १,२ र ७ मा युवा भेला तथा प्रशिक्षण कार्यक्रम गर्ने निर्णय समेत गरेको छ । साथै संगठनले नाम र झण्डा परिवर्तन गर्ने सम्बन्धमा उपाध्यक्ष दामोदर वाग्लेको संयोजकत्वमा अध्ययन समिति निर्माण गरेको छ ।
त्यस्तै राप्रपा युवा संगठनले अध्यक्ष प्रकाश रिमालको राजनीति प्रतिवेदन, महासचिव विनोद भारतीकको सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष गुणराज राजभण्डारीको आर्थिक प्रतिवेदन तथा प्रवक्ता सुजित के।सीको युवा नीति तथा कार्यक्रम सम्बन्धि प्रतिवेदन पारित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुलिसलाई हराउँदै आर्मी केपी ओली कपको सेमिफाइनलमा
-
महाशिवरात्रीको ट्राफिक व्यबस्थापनमा ८ सय ९०जना ट्राफिक प्रहरी खटिने, कहाँ-कहाँ छ पार्किङ सुविधा ?
-
ट्रम्पको कार्यकारी आदेशले यूएसएडका तीन कार्यक्रम रोकिए : अर्थ मन्त्रालय
-
बंगलादेशको एयरफोर्स बेसमा हमला, एक जनाको मृत्यु
-
हेरा फेरीको सिक्वेलसँग असन्तुष्ट थिए परेश रावल
-
मिसन इलाकातर्फ ११८ जना नेपाली शान्ति सैनिक