बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेपाली समाज युएईको अध्यक्षमा गोविन्द ढकाल

शनिबार, २१ भदौ २०७६, १७ : ४१
शनिबार, २१ भदौ २०७६

युएई । नेपाली समाज युएईको अध्यक्षमा गोविन्द ढकाल निर्वाचित भएका छन् । गत शुक्रबार दुबईमा भएको नेपाली समाज युएईको १४ औं अधिवेशनबाट अर्का अध्यक्ष प्रत्यासी मणि प्रसाद भुर्तेललाई पराजित गराउँदै ढकाल २०१९/२१ कार्यकालको लागि निर्वाचित भएका हुन् । 

ढकालसँगै उपाध्यक्षहरु कमल गिरि, गणेश न्यौपाने निर्वाचित भएका छ्न् । महासचिवमा बेद प्रसाद अर्याल निर्वाचित भएका हुन् । यसैगरि पार्सद अध्यक्षमा राम मोक्तान, कोषाध्यक्ष दिपक राउत, सदस्यहरु भिम सुनार, नारायण प्रसाद ढकाल र नारायण बहादुर बोहोरा निर्विरोध निर्वाचित भएका हुन् । 

युएईको सबैभन्दा पुरानो समाजिक संस्था (स्थापना १९९०) नेपाली समाज युएईको १४ औं निर्वाचन नेपाल पत्रकार महासंघ युएई शाखाले गरेको थियो ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप