बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

डुबेर तीन जनाको मृत्यु

शनिबार, २१ भदौ २०७६, १५ : २७
शनिबार, २१ भदौ २०७६

दाङ-दाङमा डुबेर आज तीन जनाको मृत्यु भएको छ । खोलामा माछा मार्ने क्रममा तुलसीपुरमा दुई र घोराहीमा एक शिशुको खेल्ने क्रममा कुलोमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
 
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक विनोदविक्रम शाहका अनुसार आज बिहान करीब १०ः३० बजेतिर घोराही उपमहानगरपालिका–७ राजपुरकी एक बालिकाको कुलोमा डुबेर मृत्यु भएको हो । एक वर्षीया बालिका खेल्ने क्रममा कुलोमा डुबेको थाहा पाएपछि परिवारले उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याएको केही समयपछि नै चिकित्सकले मृत घोषणा गरेका थिए ।
 
यस्तै तुलसीपुर उपमहानगरपालिका–८ गोतेखोलामा माछा मार्ने क्रममा डुबेर दुई युवाको मृत्यु भएको छ । सल्यान कपुरकोट गाउँपालिका–५ घर भई तुलसीपुर कटरकुइयामा बङ्गुरपालन गर्दै आएका २० वर्षीय अर्जुन बुढा र ओखलढुङ्गा घर भई सोही ठाउँमा बस्दै आएका २६ वर्षीय मिलन लामा रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप