सिङ्गो गाउँ नै भाइरल ज्वरोबाट सङ्क्रमित
पाल्पा- पाल्पाको पूर्वखोला गाउँपालिका–३ अर्खलडाँडा क्षेत्रमा भाइरल ज्वरोको प्रकोपले सताएको छ ।
यहाँका एकै गाउँका ७३ जनामा भाइरल ज्वरोको सङ्क्रमणले सताएको छ । गाउँमा चार दिनअघि देखि भाइरल ज्वरोका बिरामी देखापरेका हुन् ।
गाउँमा भाइरल ज्वरोका बिरामी बढ्न थालेपछि गाउँपालिकाले शिविर नै खडा गरेर स्वास्थ्य उपचार सेवा दिएको स्वास्थ्य शाखा उपसंयोजक मोहन ढकालले बताए । भाइरल ज्वरोका बिरामीमध्ये १७ जना विद्यार्थी रहेका छन् । शिविरमार्फत निःशुल्क स्वास्थ्य उपचार तथा औषधि दिइएको छ ।
गाउँपालिकाका अन्य क्षेत्रमा पनि फाट्टफुट्ट मात्रामा भाइरल ज्वरोका बिरामी देखापरेका छन् । जिल्लाको तानसेन, रामपुर क्षेत्रमा पनि भाइरल ज्वरोका बिरामी देखिएका छन् । भाइरल ज्वरोबाट बच्न जिल्लाका सबै स्वास्थ्य संस्थामा बिरामीको राम्रो रेखदेख र सेवा प्रवाह गर्न स्वास्थ्यकर्मीलाई अनुरोध गरिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले बताए ।
प्रशस्त मात्रामा झोलिलो पदार्थ पिउने, उमालेको पानी मात्र प्रयोग गर्ने, दोहोरो हावा आउने शान्तपूर्वक ठाउँमा बस्ने, भीडभाडमा नजाने, हात नमिलाउने, अङ्कलमाल नगर्ने र कुनै स्वास्थ्य समस्या भएमा नजीकको स्वास्थ्य संस्थामा उपचार तथा सल्लाह लिन जाने गरेमा भाइरल ज्वरोबाट बच्न सकिने सूचना अधिकारी ज्ञवालीको सुझाव छ ।
रुघाखोकी लागेजस्तो हुनु, ज्वरो आउनु, सुख्खा खोकी लाग्नु, नाकबाट सिँगान बग्नु, शरीर दुख्नु, खान मन नलाग्ने जस्ता भाइरल ज्वरोको लक्षण हुन् । स्वास्थ्य संस्थामार्फत नागरिकलाई भाइरल ज्वरोबाट सचेत रहन विभिन्न जनचेतना दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु, कुलमानबारे निर्णय हुने सम्भावना
-
कर्णाली प्रदेश सभा : सांसद प्रश्न राखेको राख्यै, मन्त्री जवाफ नदिने
-
‘नवीन समझदारी’ गर्न राप्रपाको आह्वान, पूर्वराजाको स्वागत सफलतापूर्वक भएको निष्कर्ष
-
नबिल एसएसई फेलोसिप कार्यक्रमको आवेदन खुला
-
पुलिसलाई हराउँदै फाइनल पुग्यो चर्च ब्याइज, उपाधिका लागि थ्रीस्टारसँग भिड्ने
-
स्ववियु निर्वाचनका लागि मनोनयन पत्र वितरण