शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली राजमार्ग अवरुद्ध

शनिबार, २१ भदौ २०७६, १५ : १८
शनिबार, २१ भदौ २०७६

मान्म–शुक्रबार रातिदेखिको अविरल वर्षाका कारणले कर्णाली राजमार्गअन्तर्गतको तिलागुफा नगरपालिका–७ टाकुल्ला खोलामा पहिरो गएको छ । अविरल वर्षापछिको पहिरोका कारणले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । 

अवरुद्ध राजमार्ग खुलाउन सडक डिभिजन कार्यालय जुम्लाबाट डोजर पठाइएको जनाइएको छ । राजमार्ग अवरुद्ध हुँदा यातायातका साधन चल्न नसकेको तिलागुफा नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले बताए । “अवरुद्ध राजमार्ग खुलाउन पहल थालिएको छ”, उनले भने, “अहिले डोजरको प्रयोग भइरहेको छ ।”
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप