भारतद्वारा काठमाडौंमा शैक्षिक संस्था निर्माण
शनिबार, २१ भदौ २०७६, १४ : ०८

काठमाडौं–नेपालका लागि भारतीय राजदूत मंजीव सिंह पुरीले कोठमाडौंको कोटेश्वर बहुुमुखी क्याम्पसको नवनिर्मित क्याम्पस भवनको उद्घाटन गरेका छन् ।
शनिबारको उक्त उद्घाटन समारोहमा नेकपा नेता तथा कलेज व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र बहादुर पाण्डे, पूर्वपरराष्ट्र सचिव भट्टराई, जिल्ला समन्वय समितिका अध्यक्ष शिव सुन्दरराज वैद्य लगायत राजनीतिक नेता तथा सामुदायिक अगुवाहरुको सहभागिता थियो ।
भारत सरकारको ४ करोड ५१ लाख रुपैंया अनुदान सहयोगमा निर्मि तीन तल्ले नयाँ संरचनामा १८ वटा कक्षाकोठा लगायत क्याम्पस प्रमुख, परीक्षा शाखा, प्रशासन शाखा, लेखा शाखाका लागि छुट्टै कक्ष रहेका छन् । साथै छात्र र छात्राका लागि छुट्टै शौचालयको व्यवस्था रहेको छ ।
नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवराज सुवेदीको ‘नजरबन्द’ हटेपछि जगमानले भने - राजसंस्था पुनर्स्थापना गर्न पूर्ण सहयोग गर्नेछु
-
आन्दोलनको स्वरूप परिवर्तन गर्न विद्यालय व्यवस्थापन समिति महासङ्घको आग्रह
-
विद्यालय खोल्न अभिभावक आन्दोलनमा
-
घनश्यामको टिप्पणीप्रति वाइसिएल अध्यक्ष शेर्पालीको आपत्ति
-
घुस सहित पक्राउ परेका पोखरा महानगरका कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
महालक्ष्मी विकास बैंक बन्यो सबैभन्दा कम कोष लागत भएको विकास बैंक