शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

विक्रम ल्याण्डरले चन्द्रमाको सतहमा अवतरण गर्न नसकेपछि मोदीलाई अंगालेर रोए इसरो प्रमुख

शनिबार, २१ भदौ २०७६, १० : ४३
शनिबार, २१ भदौ २०७६

एजेन्सी । भारतको महत्वकाक्षीं अन्तरिक्ष अभियान चन्द्रयान–२ असफल भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गरे । सम्बोधन गर्न मोदी इसरो मुख्यालय पुगेका थिए ।  

सम्बोधनपछि इसरो मुख्यालयबाट बाहिरिएका मोदीलाई इसरो प्रमुख कैलासवटिवु शिवनले अंगालो हालेर रोएका छन् । 

शिवन रुन थालेपछि मोदीले उनलाई अंगालो हालेर पिठ्युमा थपथपाएका थिए । मोदीले भावुक शिवनलाई हौसला दिइरहेको भिडियो अहिले भारतीय समाजिक सञ्जाल प्रयोगकर्तामाझ भाइरल भइरहेको छ । 

इसरोको मुख्यालयमा सम्बोधन गर्ने क्रममा मोदीले एक दिन भारतले चन्द्रमा यान अवतरण गर्न निश्चित रुपमा सफल हुने बताएका थिए । 
मोदीले सम्बोधनका क्रममा ज्ञानको सबैभन्दा ठूलो शिक्षक विज्ञान भएको भन्दै विज्ञानमा कुनै विफलता नहुने, प्रयोग र प्रयासमात्र हुने बताएका थिए । 

भारतको चन्द्रयान अभियानको महत्वपूर्ण चरण शनिबार विहान पुरा हुँदैथियो । चन्द्रयान–२ अन्तर्गतको ‘विक्रम’ नाम दिइएको ल्याण्डर चन्द्रमाको सतमा अवतरण गर्नुपर्ने थियो । तर, सतहभन्दा दूई किमीमाथि रहदाँ विक्रमसँग सम्पर्क टुट्यो । 

 

यस असफलतापछि भारतको अन्तरिक्ष कार्यक्रमको एउटा महत्वकांक्षी अभियान असफल हुन पुग्यो । 

तर, थोरै बजेटमा भारतले पछिल्लो एक दशकमा ठूला–ठूला शक्ति राष्ट्रको हाराहारीमा सफलता हासिल गरिसकेको छ । यस अघि सन् २००८मा पठाइएको चन्द्रयान–१ ले चन्द्रमा पानी रहेको पत्ता लगाएको थियो ।

त्यस्तै सन् २०१४मा भारत मंगलग्रहमा यान पु¥याउने चौथो राष्ट्र भएको थियो । चीनभन्दा पनि अघिनै मंगलग्रहमा अन्तरिक्ष यान पु¥याउन सक्नुलाई ठूलो सफलताको रुपमा हेरिएको थियो । 
 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप