नेयमारको गोलमा ब्राजिलको बराबरी

एजेन्सी । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले कोलम्बियासँग बराबरी खेलेको छ । शनिबार बिहान भएको मैत्रीपूर्ण खेलमा ब्राजिलले कोलम्बियासँग २–२ गोलको बराबरी खेलेको हो ।
घरेलु मैदानमा भएको खेलमा सुरुवाती अग्रता ब्राजिलले नै बनाएको थियो । १९औं मिनेटमा कासिमिरोले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए ।
ब्राजिलको अग्रता लामो समय टिकेन । २५औं मिनेटमा लुइस मुरिएलले पेनाल्टीमार्फत गोल गर्दै कोलम्बियालाई खेलमा फर्काए । ३५औं मिनेटमा मुरिएलले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई अगाडी बढाए ।
पहिलो हाफमा पछि परेको ब्राजिललाई दोस्रो हाफमा नेयमारले उद्धार गरेका थिए । ५८औं मिनेटमा नेयमारले गोल गर्दै ब्राजिललाई हारबाट जोगाए ।
कोपा अमेरिका अघि चोट बोक्दै लामो समय मैदान बाहिर रहेका नेयमार यही खेलबाट ब्राजिलियन टोलीमा फर्किएका हुन् ।
यसैगरी शनिबार नै भएको अर्को मैत्रीपूर्ण खेलमा उरुग्वेले कोस्टारिकालाई २–१ गोलले पराजित गरेको छ ।
उरुग्वेको जितमा जर्जियन डे एरेस्केइटाले ४२औं र जोनाथन रोड्र«ीग्वेजले ९०औं मिनेटमा गोल गरे । कोस्टारिकाका सेल्सो बोर्गेसले ४८औं मिनेटमा एक गोल गरेका थिए ।
अर्को मैत्रीपूर्ण खेलमा मेक्सिकोले अमेरिकालाई ३–० गोलले हराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सात महिनामा कहाँबाट कति भित्रियो खाद्यान्न ?
-
अमेरिकी विमानस्थलमा यसरी टर्यो अर्को दुर्घटना
-
यी चर्चित क्रिकेटरको खानपिन र व्यायामशैली
-
‘जुगजुग जियो’ अभिनेत्री प्रजक्ताले गरिन् नेपाली युवकसँग विवाह
-
लगातार दुई पटक उपाधि चुम्ने एकमात्र राष्ट्र
-
नेपालमै पढ्न चाहने केआईआईटीमा अध्ययनरत विद्यार्थीलाई आवेदन दिन आह्वान