नाडाल फाइनलमा प्रवेश
![नाडाल फाइनलमा प्रवेश](https://rpcdn.ratopati.com/media/albums/Nadal-01_JNvQBPD6NQ.jpg)
स्पेनिस स्टार राफेल नाडाल युएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । शनिबार बिहान भएको खेलमा दोस्रो वरीयताका नाडालले इटालीका २४औं वरीयताका माटियो बेरेटिनीलाई ३–० को सोझो सेटमा हराए । नाडाल यससँगै पाँचौ पटक युएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेका हुन् ।
पहिलो सेटमा निकै मेहनत गर्नु परेपनि नाडालले त्यसपछिको सेटमा सहज जित निकालेका थिए । नाडालले ७–६ (८–६), ६–४, ६–१ को नतिजा निकालेका थिए । १८ पटककोे ग्रान्डस्लाम विजेता नाडालले फाइनलमा पाँचौ वरीयताका रसियाका ड्यानियल मेडेलेभसँग प्रतिस्पर्धा गर्नेछन् ।
मेडेलेभले बुल्गेरियाका ७८औ वरीयताका ग्रिगर दिमित्रोभलाई ७–६, ६–४, ६–३ को सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनाए । २३ वर्षीय मेडेलेभल पहिलो पटक ग्रान्डस्लाम टेनिसको फाइनलमा पुगेका हुन् । महिलातर्फको फाइनलमा अमेरिकी स्टार सेरेना विलियम्स र क्यानडाकी वियान्का एन्डे«स्कुबीच प्रतिस्पर्धा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सञ्जाल विधेयक सच्चाउन सरोकारवालको माग
-
‘उत्तर कोरियाले रुसलाई लामो दूरीको २०० तोपखाना दियो’
-
गुगलद्वारा अमेरिकी प्रयोगकर्ताका लागि ‘गल्फ अफ मेक्सिको’ नाम ‘गल्फ अफ अमेरिका’ मा परिवर्तन
-
मनिष झाको प्रश्न : जेल बसेर बाहिर आएपछि एकै पटक दरबारचाहिँ कसरी बन्यो ?
-
अनावश्यक खर्च कटौतीमा ध्यान दिन्छु : अर्थसचिव उपाध्याय
-
क्यान्टोनमेन्टमा माओवादीले घोटाला गरेको छ : सांसद रिजाल