युवाको भविष्य चौँपट पारि जागरणको नौटङ्की गरिँदैछ : महासचिव शाही

काठमाडौं – नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले दोस्रो चरणको जागरण अभियान अगावै नेविसंघको नेतृत्व ल्याउन र तरुण दललाई पूर्णता दिन पार्टी नेतृत्वसँग जोडदार माग गरेको छन् ।
शुक्रबारको एक कार्यक्रममा भ्रातृ संस्थाका केन्द्रीय समिति विस्तारमा गैरजिम्मेवारीपना देखाएका भन्दै पार्टी नेतृत्वप्रति महासचिव शाहीले आक्रोश व्यक्त गरे ।
उनले भने, ‘भ्रातृ संस्थाका केन्द्रीय समिति विस्तारसम्म गर्न नसक्ने गैरजिम्मेवार नेत्तृत्वबाट पार्टी जागरणको कुरा गरेर मात्र केही औचित्य नहुने म प्रष्ट पार्न चाहन्छु।’ तरुण दललाइ ४ जनामा सिमित हुन र नेविसंघ लाई शून्यमा राख्नु लोकतान्त्रिक पार्टीको लागि लाजमर्दो विषय भएको महासचिव शाहीको भनाइ छ ।
उनले भने, ‘केन्द्रलाई नै जागृत पार्न नसक्ने पार्टीका नेताहरूले गाउँमा गएर जागरण गर्छु भन्नू नौटङ्की मात्र हो। भ्रातृ संस्थाको बेहाल पार्ने र युवाहरुको भविष्य चौपट पार्ने पार्टीको लाचारीपनको म तरुण महासचिवको हैसियतले गम्भीर आपत्ति व्यक्त गर्दछु।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पानीजहाज बोर्ड बनाउन सांसदको माग
-
जेनेभामा परराष्ट्रमन्त्रीको सम्बोधनः नेपाल मानवअधिकारको रक्षा र प्रवर्द्धनमा सधैँ प्रतिबद्ध छ
-
‘खाद्यान्नमा परनिर्भरता घटाउन बाँदर र बँदेललाई नियन्त्रण गरिनुपर्छ’
-
महाशिलाको तरकारी पोखरामा, चार महिनामै ८५ लाखको कारोबार
-
बालुवाटारमा मन्त्रिपरिषद् बैठक
-
दलित समुदायमाथि विभेद अन्त्यको माग गर्दै प्रदर्शन