नेपालले सिंगापुरमा टी–२० सिरिज खेल्ने

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीले सिंगापुरमा तीन राष्ट्रबीच त्रिकोणात्मक टी–२० क्रिकेट सिररिज खेल्ने भएको छ । सिंगापुर क्रिकेट एसोसियसनको निमन्त्रणामा नेपालले सिरिज खेल्न लागेको हो ।
सिंगापुरले आयोजना गर्ने सिरिजमा नेपाल, आयोजक सिंगापुर र जिम्वाबेको सहभागिता रहनेछ । सेप्टेम्बर २७ देखि अक्टोबर ३ तारिखसम्म हुने सिरिज डबल राउन्ड रोविनका आधारमा खेलिनेछ ।
शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ । सिंगापुरले विश्वकप ग्लोबल छनोटको तयारीका लागि सिरिज आयोजना गरेको हो । दुई महिना अघि सिंगापुरमै भएको एसिया छनोटको उपाधि जित्दै सिंगापुरले ग्लोबल छनोटमा स्थान बनाएको थियो ।
नेपालले सिंगापुरमा यस सिरिज सकेर ओमनमा हुने पाँच राष्ट्र सम्मलित टी–२० सिरिज खेल्न जानेछ । ओमनमा अक्टोबर ५ देखि १० सम्म सञ्चालन हुने सिरिजमा नेपालसहित आयरल्यान्ड, ओमन, हङकङ र नेदरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सुदूरपश्चिम माओवादीको विवाद नारायणकाजीले गिजोले’
-
सामाजिक सञ्जाल विधेयक जस्ताको तस्तै पारित हुँदैन : महामन्त्री शर्मा
-
नेपाल वायुसेवा निगमको ग्राउन्डेड विमानहरू कुन कहिलेदेखि उड्छन् ?
-
सुक्खा पहिरो जाँदा एक मजदुरको मृत्यु
-
भक्तपुर–नगरकोट सडक चाँगुनारायण नगरपालिकाले स्तरोन्नति गर्ने
-
खेम र संगीताको ‘धेरै नरिसाउँ’ गीतमा पुष्प र सनिशाको अभिनय