शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ऋण लिन दोहोरो विवरण पेश गर्ने व्यवसायीलाई झड्का

शुक्रबार, २० भदौ २०७६, १६ : ३८
शुक्रबार, २० भदौ २०७६

काठमाडौं– नेपाल राष्ट्र बैंकले  ऋणका लागि दोहोरो वित्तिय विवरण बुझाउने नपाइने व्यवस्था गरेको छ । ऋणका लागि व्यवसायीले कर कार्यालयमा एउटा र बैंकमा अर्को विवरण बुझाउने क्रम बढेपछि त्यसलाई रोक्न फरक–फरक विवरण पेश गर्न नपाउने व्यवस्था केन्द्रिय बैंकले गरेको हो । 

बैंक तथा वित्तिय संस्थाले व्यावसायीक ऋण प्रवाह गर्दा आन्तरिक राजस्व विभागको एकिकृत कर प्रणालीमा ऋण लिन चाहने ऋणीले भर्नुपर्ने वित्तिय विवरणसँग सम्बन्धित सूचना र उक्त सूचनाको आधारमा स्वीकृत ऋण रकम र मिति अनिवार्य प्रविष्ट गर्न केन्द्रीय बैंकले निर्देशन दिएको छ ।

 बैंक तथा वित्तिय संस्थाले उक्त प्रणालीमा पहुँचका लागि आवश्यक युजरनेम र पासवर्ड तथा अन्य सुचना आफु दर्ता रहेको कर कार्यालयबाट पाउन सक्नेछन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप