भक्तपुर पुगेर यसरी आरोप–प्रत्यारोपमा उत्रिए काँग्रेसका नेताहरु

भक्तपुर– नेपाली काँगेसका नेताहरु पार्टीको एक कार्यक्रममा भक्तपुर पुगेर आरोप प्रत्यारोपमा उत्रिएका छन् । शुक्रबार पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले भक्तपुरमा आयोजना गरेको ३ नम्बर प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा नेताहरुले एक अर्कालाई कटाक्ष गर्दै आरोप प्रत्यारोपमा उत्रिएका हुन् ।
कार्यक्रममा सबैभन्दा अगाडी मन्तव्य राखेर निस्किएका महामन्त्री डा.शशांक कोइरालाले छोटो समय बोल्दै भने, ‘पार्टीका कार्यकर्ता सक्षम र सवल छन्, नेपाली काँगेसलाई हराउन पार्टीभित्र बसेर काम गरेका साथीहरु हराउन सक्छन् ।’
त्यति बोलेर उनी अन्त पनि कार्यक्रम भएको भन्दै निस्किए । त्यसपछि मन्तव्य राखेकी पार्टी केन्द्रीय सदस्य अम्बिका बस्नेतले भने पार्टीभित्रको विषयमा केही बोलिनन् । बस्नेत बाहेकका अन्य सबैको प्रस्तुतिले नेताहरु कार्यकर्तालाई प्रशिक्षण कम आफ्नो आक्रोश धेरै देखाइरहेका थिए ।
अन्य समयमा शान्त मुद्रामा प्रस्तुत हुने नेता कृष्णप्रसाद सिटौलाको आक्रोश देखेर पार्टीका कार्यकर्ता समेत छक्क परे । कार्यक्रममा बोल्दै उनले भने, ‘पार्टीभित्र कोही धनी होला काही गरिब होला, हाम्रो लागि मजदुर संगठनको साथी, व्यापारी एउटै हो ।’
पार्टीमा केन्द्रीय तहदेखि नै गुटबन्दीको अन्त्य गर्नु पर्दछ, भन्दै उनले आसेपासेको मात्र कुरा सुनेर पार्टीमा एकतन्त्र लागू गर्न नहुने भन्नै सभापति शेरबहादुर देउवाप्रति व्यङ्ग्य गरे । सरकारले गरेका हरेक गलत कार्यको विरोध संसद र सडकमा गर्दै पार्टीलाई तल्लो तहसम्म सक्रिय बनाउनुपर्नेमा उनले जोड दिए ।
उपसभापति विमलेन्द्र निधिले आफुभन्दा अगाडिका वक्ताहरुको भनाईलाई ढाकछोप गर्दै सभापति देउवाको बचाउ गरे । “विगतका कमीकमजोरीलाई सच्याएर अगाडी बढ्नुपर्ने भन्दै प्रशिक्षण र जागरण कार्यक्रमबाट पहिले हामी अरुले दोष लगाउने कार्यबाट मुक्त हुनुपर्दछ, निधिले भने ।’
मानिसको मृत्यु भएपछि धर्म–संस्कार अनुसार १३ दिन वा ४५ दिनसम्म शोक हुन्छ, तर पार्टीमा विगतका कमीमजोरी वर्षौसम्म रहिरहनु सकरात्मक नभएको उनको टिप्पणी थियो । पार्टीका वरिष्ठ नेता रामचन्द पौडेलले सरकारले हरेक संवैधानिक निकायमा आफ्ना कार्यकर्तालाई नियुक्त गर्दा समेत कांग्रेसले केही गर्न नसकेको आरोप लगाए ।
उनले जनताले कम्युनिष्टलाई भरोसा गर्दा धोका भएकाले अब हामी अर्को भरोसा बन्ने कि नबन्ने भन्दै प्रश्न गरे । ‘पार्टीका संस्थापक नेताहरुले गरेको संकल्पअनुसार हामी हुने कि नहुने ? प्रजातन्त्र र लोकतन्त्रमाथि चुनौती आएकाले त्यसलाई काँग्रेस जोगाउने कि नजोगाउने ?,' नेता पौडेलले भने ।
पुरानै अन्धविश्वास कायम गरेर यो गुट र त्यो गुट भन्दै आँखा चिम्लिएर हिड्छौं कि खोलर भन्ने धारणा नेता पौडेलेले राखे । वरिष्ठ नेता पौडेलले काँग्रेसले सुरुङ खनेर ल्याइदिए पनि वर्तमान सरकारले जनतालाई मेलम्चीको पानी खुवाउन नसकेको आरोप लगाए ।
प्रमुख अतिथि समेत रहेका सभापति देउवाले संसदमा सरकारले संवैधानिक निकायमा गरेको हस्तक्षेपको विरुद्ध कटाक्ष गरे । उनले भने, ‘रामचन्द्रजी संसदमा नभएकाले त्यो कुरा थाहा भएन ।’ संवैधानिक परिषदमा गरिएको नियुक्ति पहिलेनै पास भएको र त्यो काम आफुले नगरेको भन्दै उनले रामचन्द्र पौडेललाई प्रष्ट हुन आग्रह गरे ।
पार्टी सभापति शेरबहादुर देउवाले पार्टीमा अन्तरघात गर्ने र हराउनेहरुलाई कारबाही गर्ने बताउँदै त्यसलाई रोक्न को आउँछ हेरौं भन्दै कडा चेतावनी दिए । उनले भने, ‘यदि कोही कसैले कारवाहीलार्ई रोक्न खोजे उनीहरुलाई आफैंले पार्टी कार्यकर्ता र जनताका अगाडि सार्वजनिक गर्दछु ।’
देउवाले अन्तरघात गर्नेहरुलाई कारवाही नगरे फेरि पनि काँग्रेस हार्ने समेत बताए । उनले पार्टीमा साँच्चै एकता छ ? एकता हुँदाहुँदै हारेको हो भन्ने प्रश्न गर्दै केही व्यक्ति एकले अर्कालाई हराउन लागेको समेत खुलासा गरे ।
सरकारले प्रतिबद्ध पुलिस, आर्मी र व्युरोक्रेसी बनाउन खोजेको र जनताले तिरेको करबाट तलब खाने पुलिस, आर्मी र कर्मचारीतन्त्रलाई तर्साउन खोजेको सभापति देउवाको आरोप छ । काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले केन्द्रबाट भन्दा पनि जिल्लाले सिफारिस गरेको व्यक्तिलाई आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा टिकट दिए आफुले चाँगुनारायण प्रदेशमा जितेर देखाइदिने बताएका छन् ।
३ नम्बर प्रदेश स्तरीय उक्त दुई दिने प्रशिक्षण कार्यक्रममा रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर, ललितपुर र काठमाडौं गरी ७ जिल्लाका करिब २ सय ८१ जनाको सहभागिता रहेको नेपाली काँग्रेस भक्तपुरले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माथिल्लो अरुणको पहुँचमार्ग निर्माण सुरु
-
सगरमाथा संवादको तयारी तीव्र
-
लगानी कोषका योगदानकर्तादेखि कर्मचारीलाई गङ्गालालमा छुट
-
१२ बजे, १२ समाचार : टोखामा सुटर पक्राउ गर्न प्रहरीले गोली चलायोदेखि विप्लवले कालिकोटमा गरे भेडा फार्मको उद्घाटनसम्म
-
रियल सोसिडाडलाई हराउँदै शीर्ष स्थानमा बार्सिलोनाको पुनरागमन
-
मादी गाउँपालिका स्थापना दिवसमा खुला भलिबल प्रतियोगिता