शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सबै विमानस्थलमा सेवा–सुविधा थपिन्छ: मन्त्री भट्टराई

शुक्रबार, २० भदौ २०७६, १५ : २५
शुक्रबार, २० भदौ २०७६

काठमाडौँ– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आन्तरिक विमानस्थल भित्र सेवा सुबिधा थप्ने काम सुरु भएको बताएका छन् ।  शुक्रबार काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक भवनमा लगेज बेल्टको शुभारम्भ गर्दै मन्त्री भट्टराईले देशभित्र सञ्चालनमा रहेका सबै विमानस्थलमा यसैगरी सेवा थपिँदै जाने बताएका हुन् ।

काठमाडौँ लगायत देश भित्रका विमानस्थलहरुमा ‘पर्यटन वर्ष २०२०’ लक्षित कार्यक्रम पनि लागू हुने मन्त्री भट्टराईको भनाई छ । उनले सरकार नागरिकलाई सेवा सुविधा दिन सधै तयार रहेको भन्दै उनले आन्तरिक तर्फको  विमानस्थलहरुको भौतिक संरचना र सेवाको विस्तार गर्दै लैजाने घोषणा गरे ।

शुक्रबारबाट सुरु भएको लगेज बेल्टले सेवाग्राहीको सामानको सुरक्षा हुने, लगेज छिटो प्राप्त गर्न सकिने विमानस्थल प्रशासनले बताएको छ । यसअघि यात्रु ओसार्ने गाडीको पछाडी झुन्ड्याएको कन्टेनरमा समान ल्याउने गरिन्थ्यो र बायुसेवाका कर्मचारीले टिकटसँगै सामानमा लगाएको ट्यागको नम्बर सोधेर सामान जिम्मा लगाउथे । अब भने यो झन्झट हटेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप