शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य, अब नियमित काममा फर्किनुहुन्छ : निजी चिकित्सक

शुक्रबार, २० भदौ २०७६, १५ : १४
शुक्रबार, २० भदौ २०७६

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणपछि आज स्वेदश फर्किएका छन् । गत भदौ ५ गते सिंगापुरको नेसनल यूनिभर्सिटी अस्पतालमा शरीरमा देखिएको एन्टीबडीको मात्रालाई निराकरण गर्न प्रधानमन्त्री ओली त्यसतर्फ गएका थिए ।  

प्रधानमन्त्रीका नीजि चिकित्सक डा.दिव्या सिंह शाहले आज एक विज्ञप्ति जारी गरेर प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको उल्लेख गरेकी छिन् ।

डा.शाहले विज्ञप्तिमा जनाएअनुसार शरीरमा बढी मात्रामा रहेको ‘एन्टीबडी’ लाई वैज्ञानिक प्रविधिबाट हटाउने उपचार प्रकृया एनयुएचमा पुरा भएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘अब उहाँले आफ्नो नियमित कामलाई निरन्तरता दिन सक्नुहुनेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप