चीनमा ४० लाख नर्स
शुक्रबार, २० भदौ २०७६, १४ : २९
बेइजिङ– चीनमा हाल नर्सहरुको संख्या ४० लाखभन्दा बढी रहेको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । सत्तरी वर्षअघि चीनमा नर्सको संख्या मुश्किलले ३० हजार रहेको पनि आयोगको भनाई छ ।
पछिल्ला वर्षमा नर्सहरुको संख्या तिब्र गतिमा वृद्धि भइरहेको छ । सन् १९४९ मा नयाँ चीन स्थापना हुँदा ३० हजार रहेको नर्सको संख्या सन् १९७८ मा चार लाख पुगेको थियो भने सन् २०१८ को अन्त्यसम्ममा ४० लाख पुगेको छ ।
आयोगद्वारा शुक्रबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा देशका कूल स्वास्थ्यकर्मीमध्ये आधाभन्दा बढी नर्सहरु रहेको जानकारी दिइयो । –सिन्ह्वा/Photo: www.news.cn
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका उम्मेदवार लिम्बूद्वारा मतदान
-
इलाम–२ उपनिर्वाचनको लागि मतदान सुरु
-
सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?
-
अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु