शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इस्लिङटन कलेजमा सुचना प्रविधि सम्बन्धी प्रदर्शनी, ३ हजार विद्यार्थीले गरे अवलोकन

शुक्रबार, २० भदौ २०७६, १३ : ५७
शुक्रबार, २० भदौ २०७६

काठमाडौं । कमलपोखरी स्थित इस्लिङटन कलेजका अन्तिम वर्षका विद्यार्थीले सुचना प्रविधि सम्बन्धी प्रदर्शनी गरेका छन् । सुचना प्रविधि विषयमा पहिचान कमाउन सफल सो कलेजले सुचना प्रविधिमा स्नातक अन्तिम वर्ष सकेका विद्यार्थीले प्रदर्शनी गरेका हुन् । 

गत वर्ष प्रस्तुत गरीएका ३ सय परियोजनाबाट छनौट गरिएको उत्कृष्ठ ३४ परियोजनाको प्रस्तुती गरिएको थियो । अन्तिम वर्षको परियोजना सोकेसमा रोजगार प्रदायक विभिन्न बंैक, वित्तिय संस्था र विभिन्न कम्पनीका एचआर, सुचना प्रविधि प्रमुखहरुको उपस्थिति रहेको थियो । 

सोकेस प्रदर्शनीमा एनआइसी एसिया, प्राइम, माछापुच्छ्रे बैंक, फ्युज मेशिन्स, कन्भर्स–३, दृष्टी टेक, इन्फोडेभलपर, कान्तिपुर, नयाँपत्रिका गृहलगायत विभिन्न विभागका प्रमुखले परियोजना अवलोकन गरेका थिए । विद्यार्थीले सफ्टवेयर, हार्डवेयर, नेटवर्किङ, साइवर सेक्युरिटी, एनिमेशन, आर्टिफिसियल इन्टलिजेन्स लगायत एक दर्जन विषयको परियोजना तयार गरेका थिए ।

‘नेपाललाई सुहाउँदो उत्कृष्ठ परियोजनाको सोकेस तयारी गरी प्रदर्शन गरेको जानकारी गराउँदै कलेजका प्रमुख कार्यकारी निर्देशक सुलभ बुढोथोकीले इस्लिङटनमा सुचना प्रविधि विषय लिएर अध्ययन गरेका विद्यार्थीको पौखरलाई सार्वजनीक गर्न प्रदर्शनी आयोजना गरेको बताए ।

प्रदर्शनीमा मेडिकल ड्रोन, स्मार्ट डस्टविन, सवारी साधनको नम्बरप्लेट रिडर, पानीको स्वच्छता मापन गर्ने लगायतका परियोजना तयार थिए । बुधबार कलेज परिसरमा आयोजित प्रदर्शनीमा करिब ३ हजार विद्यार्थीले अवलोकन गरेको कलेजले जनाएको छ । 

सो कलेजमा सुचना प्रविधि विषयको तीन वर्षे कोर्ष अन्तर्गत कम्प्युटिङ, नेटवर्किङ एण्ड आइटी सेक्युरिटी र मल्टी मिडिया टेक्नोलोजी विषयको कोर्ष संचालन भैरहेको छ । इस्लिङटनमा अध्ययन गर्ने विद्यार्थी मध्य ९८ दशमलब ६ प्रतिशतले रोजगार हासिल गरिरहेको कलेजको दाबी छ । 

सन् १९९६ मा इन्फोमेटिक्स त्यसपछि सन् २०१० मा इस्लिङटन कलेजको नामबाट स्थापित कलेजले बेलायत स्थित लण्डन मेट्रोपोलिटन विश्वविद्यालयबाट संबन्धन लिएर विभिन्न विषयमा अध्यापन गराईरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप