बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

दसैँका लागि खसी, बोका, च्याङ्ग्रा ल्याउने प्रक्रिया शुरु, झण्डै ३ हजार ल्याइने

शुक्रबार, २० भदौ २०७६, १३ : ३२
शुक्रबार, २० भदौ २०७६

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँको लागि चाहिने खसीबोका ल्याउन प्रक्रिया शुरु गरेको छ ।

कम्पनीले यस पटकको दसैँमा झण्डै ३ हजार खसी बोका ल्याउने गरी तयारी गरेको छ ।

२०७६ सालको बडादसैँका लागि जिउँदो खसी बोका तथा च्याङ्ग्रा काठमाडौँसम्म ढुवानी गर्न इच्छुकलाई बोलपत्र आव्हान पेश गर्न सूचना जारी गरेको छ ।

मूल्य अभिवृद्धि करमा दर्ता भएका र गत वर्षको कर चुक्ता गरेको कम्पनी तथा फर्मले मात्र गोप्य शिलबन्दी दरभाउपत्र पेश गर्न व्यापार कम्पनीले भनेको छ ।

म्याग्दीको बेनीबाट २ हजार च्याङ्ग्रा, हेटौडा र विरगंजबाट ५ सय वटा खसी बोका, दाङ घोराहीबाट ५ सय वटा खसीबोका  काठमाडौसम्म ल्याउनुपर्ने भएकाले सोही अनुसार गर्न सक्ने कम्पनी वा फर्मले आव्हानपत्र पेश गर्नुपर्ने व्यापार कमपनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप