मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

अनुपविक्रमसँग रोमान्स गर्न मन छ : अभिनेत्री खुश्बु

शुक्रबार, २० भदौ २०७६, १३ : २८
शुक्रबार, २० भदौ २०७६

काठमाडौँ– केही समय भयो, दर्शकले अभिनेत्री खुश्बु खड्काको फिल्म हेर्न पाएका छैनन् । दसैँमा आउने फिल्म ‘रातो टीका निधारमा’ भने दर्शकले उनलाई देख्न पाउँनेछन् । अशोक शर्माको निर्माण÷निर्देशन रहेको यो फिल्ममा उनी अभिनेता बुद्धि तामाङको जोडीका रूपमा देखिँदैछिन् ।

‘रातो टीका निधारमा’ आफू अहिलेसम्मकै फरक भूमिकामा देखिन लागेको उनले बताइन् । फिल्मको अलवा म्युजिक भिडियो र विज्ञापन चलचित्रमा समेत देखिँदै आएकी उनले अभिनयको कारणले बेलाबेलामा अवार्डसमेत पाउने गरेकी छन् । 

यस अगाडि प्रदर्शनमा आएको ‘सुकुल गुन्डा’, ‘उहिले बाजेको पालामा’, ‘सिस्टम’, ‘दीपज्योती’, ‘जुनी’ लगायत चलचित्रमा राम्रो अभिनय कला देखाएर दर्शक रिझाउन सफल उनी अभिनय र नृत्यमा पनि पोख्त छिन् । कलाकारिताका लागि आवश्यक प्रशिक्षणसहित अभिनयमा होमिएकी अभिनेत्री खुश्बु खड्कासँग रातोपाटीका दस प्रश्न ।

पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ?
–मेरो अभिनय रहेको पछिल्लो फिल्म ‘रातो टीका निधारमा’ दसैँमा प्रदर्शनमा आउँदैछ । अहिले त्यसको प्रचार प्रसारका लागि पनि समय दिइरहेकी छु । अन्य आफ्नो व्यावसायिक काम पनि चलिरहेको छ ।

केही समयको अन्तरालमा तपाईंको फिल्म ‘रातो टीका निधारमा’ आउँदैछ । कस्तो लागिरहेको छ ?
– ‘रातो टीका निधारमा’ अगाडि पनि मलाई फिल्मका अफर नआएका भने होइनन् । तर जस्तो पायो त्यस्तो फिल्म अभिनय नगर्ने भनेर अफर अस्वीकार गरेर बसिरहेकी थिएँ । अशोक दाइको फिल्मको कथा र टिम मन परेर अभिनय गरेको हो । फिल्म राम्रो बनेको छ । दर्शकले रुचाउँछन् होला ।

कसरी राम्री बन्नुहुन्छ ?
–बाहिरीभन्दा पनि म भित्री सौन्दर्यमा विश्वास गर्छु । त्यो निखार्ने मेरो सदैव प्रयास रहन्छ । बाहिरी सौन्दर्य पनि चाहिन्छ । यसका लागि मेकअप गर्ने गरेकी छु । मेरो फेस एकदमै सेन्सेटिभ छ । त्यसैले फाउन्डेसन, आइल्यान्डर, लिपिस्टिकलगायतका मेकअप नियमित लगाउँछु ।

फिट्नेस गर्नुहुन्छ ?
–हरेक दिन बिहान नियमित एक्सरसाइज गर्ने गरेको छु । 
 
फेसनतिर रुचि छ ?
– फेसनमा त हरेक केटीको रुचि रहन्छ । अपडेट हुन मनलाग्छ । जुन ट्रेन्ड चलेको छ, त्यो लगाउनुपर्छ भन्ने होइन । मलाई चलेको, नचलेको सबै प्रकारको फेसन प्रयोग गर्न मनपर्छ । जसले आफूलाई राम्रो देखाउँछ । त्यो प्रयोग गर्छु । गाउन, वान पिस, सारी मनपर्ने पहिरन हुन् । 

पूरा नभएका सपना ?
– सपना धेरै छन् । केही पूरा भए । केही पूरा गर्दैछु । एउटा सपना पूरा गर्यो, अर्काे जन्मन्छ । त्यसैले मलाई लाग्छ मानिसका सपना कहिल्यै सकिँदैन ।

फुर्सदको समय कसरी बिताउनु हुन्छ ?
–साथीभाइँ भेट्छु, फिल्म हेर्छु । सामाजिक सञ्जालमा रमाउँछु । आफन्तको काम सघाउँछु । 

कस्तो केटी तपाईं ?
– एकदमै सिम्पल छु । सेन्सेटिभ भनौँ न । म सानो कुरामा खुसी, सानो कुरामा दुःखी हुन्छ । अरूका दुःख पनि देख्न सक्दिनँ । मिहिनेती पनि छु । जिम्मेवारी लिएको काम पूरा गर्ने खालकी छु ।

सिङ्गल हो ?
– हो, किनभने अहिले मेरो प्रेममा रमाउने बेला होइन । करियर बनाउने समय हो । त्यसैले आफूलाई काम र करियरतिर नै फोकस गरिरहेकी छु । प्रेम प्रस्ताव राख्ने त धेरै छन् । तर मैले त्यतातिर ध्यान दिएकी छैन । 

पर्दामा रोमान्स गर्न मन लागेको हिरो ?
– प्रदीप खड्का र अनुपविक्रम सिंहसँग फिल्मको पर्दामा रोमान्स गर्न मन लागेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप