बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेशनल लाईफ इन्स्योरेन्स शेयरधनीलाई १४.५ प्रतिशत बोनस शेयर वितरण गर्ने

शुक्रबार, २० भदौ २०७६, १३ : १३
शुक्रबार, २० भदौ २०७६

काठमाडौं–नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीहरुलाई १४.५ प्रतिशत बोनस शेयर वितरण गर्ने जनाएको छ ।

बिहिबार बसेको संचालक समितिको ४१७औं बैठकले आर्थिक वर्ष २०७४/०७५को लागि हाल अद्यावधिक रुपमा कायम रहेको चुक्ता पूँजी ३ अर्व ७४ लाख ४० हजार ५ सय ३५ मा १२ प्रतिशतका दरले नगद लाभांश साथै २.५ प्रतिशतले बोनस शेयरको रुपमा लाभांश गरी कूल लाभांश १४.५ प्रतिशत प्रदान गर्ने निर्णय गरेको हो ।

साथै बोनस शेयरमा लाग्ने करको लागि समेत व्यवस्था गरिएको छ । उक्त निर्णय बिमा समितिको स्विकृती र आगामी वार्षिक साधारणसभामा अनुमोदन पश्चात मात्र कार्यान्वयन हुने इन्स्योरेन्सले जनाएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप