शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डिपार्टमेन्टल स्टोर, मार्ट, होटल, पसल लगायतमा पिओएसमार्फत् कारोबार गर्दा शुल्क नलाग्ने

शुक्रबार, २० भदौ २०७६, १२ : २५
शुक्रबार, २० भदौ २०७६

पिओएसमार्फत् कारोबार गर्दा कुनै पनि शुल्क नलाग्ने भएको छ ।

कुनै पनि डिपार्टमेन्टल स्टोर, मार्ट, होटल, पसल लगायत मर्चेन्टबाट प्वाइन्ट अफ सेल (पिओएस) मार्फत कारोबार गर्दा ग्राहकसँग कुनै पनि शुल्क लिन नपाइने व्यवस्था गरिएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।

यदि कुनै मर्चेन्टले कारोबार बाहेक अतिरिक्त शुल्क लिएमा कारोबारको विल र भुक्तानी रसिदसहित कार्ड जारी गरेको संस्थामा सम्पर्क राख्न नेपाल राष्ट्र बैङ्क भुक्तानी प्रणाली विभागले आव्हान गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप