बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सोसल मिडियामा किन यी व्यक्तिलाई भनिँदै छ, ‘रानू मण्डलका छोरा त होइनन् ?’

शुक्रबार, २० भदौ २०७६, १० : २३
शुक्रबार, २० भदौ २०७६

रानू मण्डल, यो नामसँग अपरिचित सायदै कम होलान् । रातारात स्टार बनेकी रानूका केही दिनभित्रै लाखौं करोडौं फ्यान बनिसकेका छन् । यहाँसम्म कि रानूमाथि नकारात्मक टिप्पणी गर्दा मानिसहरुले लता मंगेशकरलाई पनि सोसल मिडियामा जवाफ दिएका छन् । भिख मागेर पेट पाल्ने रानू आफ्नो आवाजको दममा यहाँसम्म पुगेकी हुन् । यसैबीच अर्का एक व्यक्तिको पनि भिडियो चर्चाको केन्द्रमा छ जसलाई सोसल मिडियामा रानू मण्डलका छोरा बताइँदैछ । यस्तो यसकारण किनभने सामानय देखिने यी व्यक्तिको आवाजमा गज्जबको जादु छ ।

वास्तवमा हालै एक फेसबुक पेजले एक निकै साधारण देखिने व्यक्तिको भिडियो सेयर गरेको छ । यी व्यक्ति भित्तामा अडेस लागेर उभिएका छन् र गीत गाइरहेका छन् । उनले भिडियोमा दुईवटा गीत र्गा । पहिलो गित ‘तेरी उम्मीद तेरा इन्तजार करते हे’ र दोस्रो गीत ‘सोचेंगे तुम्हे प्यार’ । यो भिडियोको क्याप्सनमा सोधिएको छ, ‘कतै यी रानू मण्डलका छोरा त होइनन् ? के यी हिरालाई पनि चम्काउन कोही तयार हुनेछन् ? एकपटक पक्कै सुन्नुहोस् ।’ 

रानू मण्डललाई लता मंगेशकरको कपी बताइए झैं यी व्यक्तिलाई पनि कुमार शानुको कपी बताइँदै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप