शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेयमार र रोनाल्डोको ‘ड्रिम जोडी’ बनाउँदै युभेन्ट्स

शुक्रबार, २० भदौ २०७६, ०९ : ५२
शुक्रबार, २० भदौ २०७६

युरोपियन क्लब फुटबलको ट्रान्फर बजारमा सर्वाधिक चर्चाको पात्र बने ब्राजिलियन एवम् पेरिस सेन्ट जर्मन (पीएसजी) का स्टार नेयमार ।

वर्षभर ट्रान्सफर चर्चाको शिखरमा रहेका नेयमारको स्पेनिस क्लब बार्सिलोना फर्कने चाहना पूरा हुन सकेन । उनको रियल म्याड्रि«ड जाने अर्को सपना पनि साकार भएन ।

अन्नतः पीएसजीमै थन्किन बाध्य भएका नेयमारको विषयमा फेरि अर्को चर्चा सुरु भएको छ ।

२७ वर्षीय नेयमारलाई इटालियन महारथी युभेन्ट्सले अनुबन्ध गरी नेयमार र क्रिस्टियानो रोनाल्डोको ‘ड्रिम जोडी’ बनाउन लागेको समाचार इटालियन खेल पत्रिका ‘टुट्टो स्पोर्ट्स’ले बाहिर ल्याएको छ ।

नेयमारलाई युभेन्ट्सले रोनाल्डोसँगै खेलाउने तयारी गरेको टुट्टोको सोही समाचारलाई बेलायती पत्रिका डेली मेलले पनि प्रकाशित गरेको छ ।

नेयमारले लामो समयदेखि खुलेरै पीएसजी छोड्ने बताई रहेका थिए । त्यसैले फ्रेन्च लिग सुरु भएपनि उनलाई अहिले पीएसजीले खेलाएको छैन ।

स्पेनिस ला लिगाको ट्रान्फर समय गत सोमबार सकिएपछि नेयमारको बार्सिलोना र रियल जाने अभियानमा पूर्णविराम लागेको थियो ।

युभेन्ट्सले नेयमार ल्याउन पीएसजीलाई ९० मिलियन पाउन्ड र प्रभावशाली खेलाडी पाउलो डिबाला दिने प्रस्ताव गरेको बताइएको छ । डीबालाले पनि यस सिजन युभेन्ट्स छाडेर इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड वा टोट्टनहाम जान चाहेका थिए । तर उनको यस योजना सफल भएको थिएन । यही मौकामा युभेन्ट्सले डिबालालाई पीएसजी पठाएर रोनाल्डो र नेयमारको ‘ड्रिम जोडी’ तयार पार्न लागेको खुलासा भएको छ ।

युभेन्ट्सको नयाँ सोचले पूर्णता पाउला या नपाउला त्यो भने हेर्न बाँकी छ ।

नेयमारले पिएसजीमा दुई सिजनमा ५८ खेल खेल्दै ५१ गोल गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप