प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै १५ वर्षीया किशोरीमाथि एसिड प्रहार
काठमाडौँ । प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै शुक्रबार बिहानै १५ वर्षीया किशोरीमाथि एसिड प्रहार भएको छ ।
छपकैया स्थित आफनो घरबाट विर्तामा रहेको त्रिभुवन माध्यमिक विधालयमा बिहान जाने क्रममा पर्साको वीरगञ्ज नगरपालिका वडा नम्बर ६ गणेशमान चौकमा शुक्रबार बिहान ६ बजेर १० मिनेटमा १५ वर्षीया मुस्कान खातुनमाथि एसिड प्रहार भएको हो ।
खातुन वीरगञ्जमा आफ्नो मामाघरमा बस्दै आएकी थिइन् ।
पर्सा वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छप्कैया बस्ने १६ वर्षका सम्साद मिया र सोही उमेरका माजिद आलमले खातुनमाथि एसिड प्रहार गर्दा उनको दाहिने गाला, छाती र हात जलेको एसपी सोमेन्द्रसिंह राठौरले रातोपाटीलाई जानकारी दिए ।
तस्विर : रासस
राठौरका अनुसार मुस्कानलाई कीर्तिपुरस्थित फेक्ट अस्पतालमा उपचारका लागि पठाइएको छ ।
प्रहरीले एसिड प्रहारमा संलग्न मुख्य व्यक्ति सम्साद मियालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । माजिद आलम भने फरार रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा फुटेपछि माधवले बोलाए संसदीय दलको बैठक
-
आईपीएलमा आज : उपाधि होडबाट बाहिरिएको मुम्बईसँग उसैको मैदानमा भिड्दै हैदराबाद
-
वर्तमान संविधान अझै पूर्ण भएको छैन: प्रधानमन्त्री
-
एक महिनामा १०१ नेपाली वैदेशिक रोजगारीका लागि रुस पुगे
-
अनन्या पाण्डे र आदित्य रोय कपूरको ब्रेकअप
-
सहकारी प्रकरणमा ओली–प्रचण्ड ‘यूटर्न’, के गर्लान् रवि लामिछाने ?