स्पेनको कठिन जित

सन् २०२० मा आयोजना हुने युरो कप छनोट फुटबलमा स्पेनले कठिन जित निकालेको छ । समूह ‘एफ’ अन्तर्गत बिहिबार राति भएको खेलमा स्पेनले रोमानियालाई २–१ गोलले हरायो । रोमानियाको घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा स्पेनलाई जितान सर्जियो रामोस र पाको अल्कासरले गोल गरे । रोमानियाका फ्लोरिन इन्डोनले सान्त्वना गोल फर्काएका थिए ।
रामोसले २९औं मिनेटमा पेनाल्टीमा गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाए । ४७औं मिनेटमा अल्कासरले गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए । रोमानियाले ५९औं मिनेटमा गोल फर्काएको थियो । रोमानियाका फ्लोरिनले सान्त्वना गोल गरे । ७९औं मिनेटमा डिएगो लोरेन्टो रातो कार्ड पाउँदै बाहिरिएपछि स्पेन १० खेलाडीमा समेटिएको थियो । त्यसपछि दुवै टोलीबाट गोल नहुँदा स्पेन विजयी भयो ।
जितसँगै स्पेन समूहको शीर्ष स्थानमा छ । पाँच खेलमा शतप्रतिशत जित निकालेको स्पेनले १५ अंक बनाएको छ । समान खेलबाट सात अंक बनाएको रोमानिया चौथो स्थानमा छ । समूह ‘एफ’ कै अर्को खेलमा नर्वेले माल्टालाई २–० र स्वीडेनले फारोय आईसल्यान्डलाई ४–० गोलले हराएको छ ।
यसैगरी समूह ‘जे’ को खेलमा इटालीले अर्मेनियालाई ३–१, बोस्निया एन्ड हर्जगोभिनाले लिचेटेन्सटेनलाई ५–० र फिनल्यान्डले ग्रीसलाई १–० गोलले हरायो । समूह ‘ए’ को खेलमा डेनमार्कले गीवराल्टरलाई ६–० गोलले हरायो । आयरल्यान्ड र स्वीट्जरल्यान्डले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
सार्वजनिक खरिद नियमावलीको १४ औँ संशोधनले २ हजार आयोजनालाई निकास दिन्छ: अध्यक्ष सिंह
-
लगातारको वर्षाले फुल्न लागेको स्याउका बोटमा असर
-
बालाजुमा महिलाले पेट्रोल छर्केर आफ्नै शरीरमा लगाइन् आगो
-
बोस बेबी : १४ वर्षका वैभवसामु कुन–कुन रेकर्ड नतमस्तक बने ?
-
नेपाल मुस्लिम इत्तेहाद सङ्गठनको केन्द्रीय महाधिवेशन वैशाख २० र २१ गते नेपालगञ्जमा