७३ वर्षमा जुम्ल्याहा सन्तानलाई जन्म दिएर यी महिलाले तोडिन् रेकर्ड !
बीबीसी
भारतको आन्ध्र प्रदेशको गुन्टुर जिल्लामा ७३ वर्षीया वृद्धाले जुम्ल्याहा सन्तानलाई जन्म दिएकी छिन् ।
महिलाको नाम येरामती मंगायम्मा हो र उनले बुधबार बिहान साढे १० बजे शल्यक्रियामार्फत् यी बच्चालाई जन्म दिएकी हुन् ।
उनको शल्यक्रिया गर्ने डाक्टर उमा शंकरले बीबीसी तेलुगुलाई भनिन्, ‘आमा र जुम्ल्याहा बच्चा दुबै स्वस्थ छन् । ती बच्चाहरु अबको २१ दिनसम्म डाक्टरको निगरानीमा रहनेछन् ।’
यी महिला जुम्ल्याहा बच्चालाई जन्म दिने सबैभन्दा पाको महिला भएको अनुमान गरिएको छ किनभने सबैभन्दा धेरै उमेरमा बच्चालाई जन्म दिने आधिकारिक रेकर्ड स्पेनकी मारिया डेल कार्मेन बाउसाडा लाराको नाममा छ जसले सन् २००६ मा ६६ वर्षको उमेरमा जुम्ल्याहालाई जन्म दिएकी थिइन् ।
यद्यपि, केही मानिसले यो रेकर्ड भारतकी ओमकारी पनवारको नाममा भएको दाबी गरिरहेका छन् ।
ओमकारीले सन् २००७ मा ७० वर्षको उमेरमा जुम्ल्याहा बच्चालाई जन्म दिएकी थिइन् ।
वर्षौंसम्म अस्पतालको चक्कर लगाइरहे दम्पत्तिलेः
मंगायम्माले खुसी व्यक्त गर्दै भनिन्, ‘मानिसहरुले मलाई बाँझो भन्थे । मैले अत्यधिक पीडा सहेकी छु । त्यसकारण मैले बच्चा जन्माउने निर्णय गरेँ । यो मेरो जीवनको सबैभन्दा खुसीको पल हो ।’
महिलाका श्रीमान् यरामती सीताराम राजारावले भने, ‘अब म खुसी छु । यो सबै यी डाक्टरका कारण सम्भव हुन सक्यो । हामीले विभिन्न अस्पतालमा थुप्रै तरिका अपनायौं । त्यसपछि हामी पुनः कोसिस गर्ने भन्दै यो अस्पताल आयौं । यहाँ आएको दुई महिनाभित्र मेरी श्रीमती गर्भवती भइन् । हामी पछिल्लो ९ महिनादेखि यसै अस्पतालमा छौं । मानिसहरुले हामीलाई बाँझो व्यक्ति भन्दथे । अब यस्तो भन्नेहरुको मुख टालिएको छ । हामी यी दुई छोरीहरुको निकै राम्रो तरिकाले हेरबिचार गर्नेछौं ।’
उनीहरुको विवाह सन् १९६२ को मार्च २२ मा भएको थियो । बच्चाको चाहनामा यी दम्पत्तिले वर्षौंसम्म अस्पतालको चक्कर लगाइरहे ।
केही दिन अघि जब यी दम्पत्तिका इलाकाकै एक ५५ वर्षीया महिलाले आइभिएफमार्फत् बच्चा जन्माए तब उनीहरुले पनि यो तरिका अपनाउने सोच बनाए ।
गत वर्ष यो दम्पत्ति गुन्टुरको यो क्लिनिकमा पुगे । डाक्टर उमा शंकरले सबै परीक्षणपश्चात् उनीहरुको उपचार सुरु गरे ।
के हो प्रविधी ?
महिलामा बढ्दो उमेरसँगै अण्डाणुको संख्या कम हुन सुरु हुन्छ र ३५ वर्ष पछि त यो तीब्र रुपमा कम हुन्छ ।
मंगायम्माको महिनावारी रोकिइसकेको थियो । त्यसकारण कुनै चिकित्सकीय मद्दतले गर्भवती हुनु असभ्व नै थियो ।
गर्भधारणका लागि यो दम्पत्तिले एक डोनरबाट अण्डाणु लिए र आइभिएफ प्रविधीमार्फत् त्यसलाई श्रीमान् सीताराम राजारावको शुक्रकिटसँग मिलाइयो । त्यसपछि बनेको भ्रुणलाई मंगायम्माको गर्भमा राखियो ।
पाको उमेरका महिलामा गर्भधारण एक जटिल प्रक्रिया हो र यस्तोमा अत्यधिक सावधानी अपनाउन आवश्यक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो, ३ जना नेपालीको सनाखत
-
गेग्य्रान बगर बन्यो ‘सुन फल्ने’ जमिन
-
आज तीन वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
सुप्रिम सहकारी ठगी प्रकरण : रविविरुद्ध रुपन्देहीमा आजदेखि थुनछेक बहस
-
लस एन्जलसमा फेरि दन्कियो डढेलो, हजारौँलाई सुरक्षित स्थानमा सारियो
-
राप्रपाको केन्द्रीय समिति बैठक भोलिदेखि, आज कार्यसम्पादन समितिको बैठक बस्दै