स्मिथको दोहोरो शतक

पूर्व कप्तान स्टिभ स्मिथको दोहोरो शतकसँगै एसेज सिरिजको चौथो टेस्ट अन्तर्गत दोस्रो दिनको खेल सकिँदा अष्ट्रेलियाले चार सय ७४ रनको अग्रता लिएको छ ।
अष्ट्रेलियाले पहिलो इनिङ्समा एक सय २६ ओभरमा आठ विकेटको क्षतिमा चार सय ९७ रन बनाउँदै इनिङ्स समाप्तिको घोषणा गरेको थियो । अष्ट्रेलियाका लागि स्टिभ स्मिथले दुई सय ११ रनको उत्कृष्ट दोहोरो शतक प्रहार गरे । स्मिथले तीन सय १० बलमा २४ चौका र दुई छक्काको सहयोगमा दोहोरो शतक पूरा गरेका थिए ।
स्मिथको यो तेस्रो दोहोरो शतक हो । स्मिथिले यसअघि सन् २०१५ मा इङ्ल्यान्डविरुद्ध दुई सय १५ रन जोडेका थिए । सन् २०१७ मा पनि उनले इङ्ल्यान्डविरुद्धनै दुई सय ३९ रनको उत्कृष्ट दोहोरो शतक प्रहार गरेका थिए । फर्ममा देखिएको स्मिथले चोटबाट मुक्त हुँदै टिममा पुनरागमन गरेका हुन् । चोटका कारण स्मिथले तेस्रो टेस्ट गुमाएका थिए । दोस्रो टेस्टमा इङ्ल्यान्डका तीव्र गतिका बलर जोफ्रा आर्चरको बाउन्सर बलले टाउकोमा लाग्दा स्मिथ घाइते भएका थिए ।
अष्ट्रेलियाका ओपनर डेविड वार्नर सुन्य रनमा आउट भए । मार्नुस लाबुसेनले ६७, कप्तान टिम पेनले ५८, मिचेल स्टार्कले ५४, नाथन लायनले अविजित २६, ट्राभिस हेडले १९, मेथ्यु वेडले १६ र मार्कुस हरिसले १३ रन बनाए । इङ्ल्यान्डका स्टुअर्ट बोर्डले तीन विकेट लिए । ज्याक लेच र क्रेग ओभरटनले दुई दुई विकेट लिए ।
पहिलो इनिङ्स थालेको इङ्ल्यान्डले १० ओभरमा २३ रन जोड्दा एक विकेट गुमाएको अवस्थामा दोस्रो दिन सकिएको छ । इङ्ल्यान्डका जो डेनली चार रनमा आउट भएका छन् । हुँदा रोरी ब्रुन्स १५ र क्रेग ओभरटन तीन रनमा अविजित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन
-
सोलुखुम्बुमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न
-
नेपाल आए मेटाका प्रतिनिधि, होला सामाजिक सञ्जाल दर्ता ?
-
आईपीएल : दिल्लीले कमब्याक गर्दा १ सय ५९ रनमा रोकियो लखनउ
-
प्रमुख प्रशासकीय अधिकृत मेहतालाई विराटनगर महानगरमा हाजिर गर्न नदिइने
-
निसानको ३ दिने ‘प्रि-मनसुन नेसनवाइड सर्भिस क्याम्प’ देशभरका १६ वटा चेकपोइन्टहरूमा सुरू